काठमाडौं । अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएअनुसार एक देशले हात्ती लगायतका जंगली जनावर मारेर त्यसको मासु आफ्ना नागरिकहरूलाई वितरण गर्ने योजना बनाएको छ ।
एक यस्तो अफ्रिकी देश जहाँ खडेरीका कारण मानिसहरूसँग खाद्यान्न सकिएको छ । मानिसहरू भोकै र प्यासै रहनुपर्ने अवस्था आएको छ । खाद्यान्न पूरै रित्तिइसकेको छ ।
त्यो अफ्रिकी देश नामिबिया हो । समाचारमा जनाइएअनुसार नामिबियामा १०० वर्षयताकै सबैभन्दा लामो समय खडेरी परेको थियो । जसका कारण त्यहाँ खाद्यान्नको अभवा भएको छ । त्यसैले नामिबिया सरकारले जङ्गली जनाबर मारेर त्यसको मासु बाड्ने योजनामा रहेको बताइएको छ ।
नामिबिया सरकारले हात्ती मात्र नभएर जेब्रा, वाइल्डबीस्ट पनि मारेर त्यसको मासु जनतालाई वितरण गर्ने भएको छ ।
एबीपी न्युजका अनुसार अघिल्लो महिना नै नामिबियाको खाद्यान्न पूर्ण रूपमा खाली भएको संयुक्त राष्ट्र संघले जनाएको छ । अब देशभरमा जम्मा १६ प्रतिशत मात्र खाद्यान्न बचेको पनि समाचारमा जनाइएको छ ।
आफूसँग पैसा हुँदाहुँदै पनि मानिसहरूले खाने कुरा पाइरकेका छैनन् । यस्तो अवस्था देखेर सरकारले पार्क तथा कम्युनिटी एरियामा राखिउका ८३ हात्ती मार्ने योजना बनाएको हो ।
त्यस्तै ३० घोडा, ६० भैँसी, ५० इम्पाला, १०० ब्लु ह्वाइटबीस्ट, ३०० जेब्रा तथा १०० एल्यान्ड मार्ने योजना बनाएको छ ।
नामिबियाको पर्यावरण मन्त्रालयका अनुसार मार्नका लागि जुन जनावरको छनोट गरिएको छ, तीनीहरू कमजोर छन् । त्यसका लागि पेशेवर शिकारीलाई बोलाइएको छ । त्यसका लागि केही कम्पनीलाई ठेक्का दिइएको छ ।
देशमा अहिलेसम्म १५७ जनाबरको सिकार गरिएको छ । ती जनाबरबाट ५६,८०० किलो मासु जम्मा भएको थियो । त्यसलाई मानिसहरूमा बाँडिने छ ।
नामिबियाको प्रयावरण मन्त्रालयले भनेको छ- यसो गर्नु जरुरी थियो किनकी हाम्रो संविधानले भनेको छ, मानिसहरूको ज्यान बचाउनका लागि प्राकृतिक संशाधनको उपयोग हुनु पर्दछ ।
एक तथ्याङ्कअनुसार अफ्रिकी देशहरू जाम्बिया, जिम्बाबे, बोत्स्वाना, अंगोला तथा नामिबियामा ठूलो संख्यामा हात्ती रहेका छन् ।