शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ ।
लगातार नयाँनयाँ कीर्तिमान बनाउँदै अगाडि बढेको नेप्से सामान्य रूपमा थामिएको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.८० अङ्कले घटेर २ हजार ९४४.७८ मा ओर्लेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.५९ बिन्दुले बढेर ५२७.८७ मा पुगेको छ ।
कारोबार भएका कूल २२० कम्पनीको ३ करोड ६ लाख ६ हजार ६४४ कित्ता शेयर १६ अर्ब १० करोड ४ लाख १२ हजार ४३६ मूल्यमा खरिद बिक्री भए ।
बिहीबारको कारोबारपछि बजार पूँजीकरण ३९ खर्ब ३६ अर्ब ७४ करोड ३४ लाख २८ हजार ९९५ बराबर रहेको छ । अघिल्ला दिनको तुलनामा बजार पूँजीकरण घटेको हो ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सात उपसमूहको शेयर आरोलो लाग्दा छ उपसमूहको शेयर भने उकालो लागेको छ ।
बैंकिङ १७.७८, व्यापार ५७.४२, होटल तथा पर्यटन १३.२७, निर्जीवन बीमा ४५.०९, उत्पादन ३८.६७, अन्य ६ र जीवन बीमा २७३.६८ अङ्कले घटेको छ ।
यस्तै, विकास बैंक १२०.६, जलविद्युत् ८८.६५, वित्त ६०.९५, लघुवित्त ७.३४, सामूहिक लगानी कोष ०.१२ र लगानी १.१२ बिन्दुले उकालो लागेको छ ।
कारोबारका आधारमा आज एचआईडीसीएल शीर्ष स्थानमा छ । सो कम्पनीको ९९ करोड ६५ लाख ६० हजार ६३६ बराबरको कारोबार भयो ।
यस्तै, नेपाल पुनरबीमा कम्पनी ५७ करोड ५० लाख ८५ हजार ४२४, लुम्बिनी विकास बैंक ४५ करोड ९३ लाख एक हजार ९०७, अपि पावर कम्पनी ४४ करोड ५८ लाख ८६ हजार ११५ र नेपाल इन्स्योरेन्सको ३८ करोड ९६ लाख ७९ हजार ५६८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार पाँचथर पावर कम्पनीको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
लिवर्टी इनर्जी ९.९७, शिव श्री हाइड्रोपावर ९.९७, ङादी ग्रुप पावर ९.९३ र माउण्टेन इनर्जीका लगानीकर्ताले ९.९२ प्रतिशतले कमाएका छन् ।
त्यस्तै, गुर्खाज फाइनान्स ४.२५, हिमालयन जनरल इन्स्योरेन्स ३.१९, युनाइटेड इन्स्योरेन्स ३.१८, लाइफ इन्स्योरेन्स २.६८ र समिट लघुवित्तका लगानीकर्ताले २.६७ प्रतिशतले गुमाएका छन् ।