रजनीकान्त भारतका चर्चित स्टार हुन् । अझ दक्षिण भारतमा उनको लोकप्रियता अझ धेरै छन् । ठाउँठाउँमा उनका फ्यान छन् ।
तर, यस्तो लोकप्रियता हाँसिल गरेका रजनीकान्तले यहासम्मम पुग्नका लागि धेरै संघर्ष गरेका छन् । बसको कन्डक्टरका रूपमा काम गर्ने रजनीकान्त सानोतिनो संघर्षले यो स्थानमा भने पुगेका होइनन् ।
रजनीकान्त चलचित्रमा आउनुअघि बसमा कन्डक्टरको रूपमा काम गर्थे । एक निर्देशकले बसमा टिकट काटिरहेको उनको स्टाइल देखेर चलचित्रमा काम गर्ने मौका दिए ।
यी र यस्तै किस्सा तथा संघर्षहरू आजको रजनीकान्तको पछाडि लुकेका छन् । जसले उनले जीवनमा गरेका संघर्षका बारेमा जानकारी दिन्छ ।
रजनीकान्तले सन् १९७५ मा २५ वर्षको उमेरमा पहिलोपटक चलचित्रमा अभियन गरेका थिए । उनले अभिनय गरेको पहिलो चलचित्र हो- अपूर्व रागांगल । यो तमिल चलचित्र हो । यो चलचित्रमा रजनीकान्तले १५ मिनेटको भूमिकामा अभियन गर्ने मौका पाएका थिए ।
अपूर्व रागांगलमा पाएको त्यही १५ मिनेटको भूमिकाले रजनीकान्तको जीवनमा आमूल परिवर्तन ल्याइदियो ।
रजनीकान्तले सन् १९८१ मा लता रंगाचारीसँग विवाह गरेका थिए । रजनीकान्त र लताको प्रेम कहानी पनि कम्ता रोचक छैन ।
रजनीकान्तले लतालाई त्यतिबेला प्रेम प्रस्ताव राखेका थिए जतिबेला लता रजनीकान्तको अन्तर्वार्ता लिन पुगेकी थिइन् ।
यो त्यतिबेलाको कुरा हो जतिबेला रजनीकान्त 'थिल्लू मल्लू' सुटिङमा व्यस्त थिए । त्यसबेला रजनीकान्तलाई अन्तर्वार्ताका लागि अनुरोध आयो । कलेज म्यागजिनको तर्फबाट लता रंगाचारीले रजनीकान्तलाई अन्तर्वार्ताका लागि अनुरोध गरेकी थिइन् ।
तर, आफ्नो अन्तर्वार्ता लिन पुगेकी लतालाई नै रजनीकान्तले विवाहको प्रस्ताव राखे । अन्तर्वार्ताको 'गेस्ट'ले आफूलाई विवाहको प्रस्ताव राखेपछि रजनीकान्तलाई लताको जवाफ थियो- आमाबाबुसँग सोधेर जवाफ दिन्छु ।
रजनीकान्त र लता दुवैका बाबुआमा उनीहरूको विवाहका लागि राजी भए । त्यसपछि रजनीकान्तले लतासँग लगनगाँठो कसेँ । २६ फेब्रुअरी सन् १९८१ मा उनीहरूको विवाह भयो ।