मंगलबार शेयर बजार परिसूचक नेप्से १९.२९ अंकले बढेको छ । आज नेप्से बढेर २८९१.३३ अंकमा पुगेको हो ।
त्यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि मंगलबार ३.९८ अंकले बढेर ५४२.९० मा पुगेको छ ।
नेप्से परिसूचक बढेसँगै कारोबार रकममा पनि बढेको छ । मंगलबार कूल २२३ कम्पनीको १ करोड २१ लाख ६७ हजार ६ सय ५ कित्ता शेयर ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४ सय १८ रुपैयाँमा किनबेच भयो ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज चार वटा उपसमूहको शेयर मूल्यमा गिरावट आएको । मंगलबार नौ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।
कारोबार भएका उपसमूहमध्ये व्यापार उपसमूहको सूचक सर्वाधिक ०.५३ प्रतिशतले घटेको छ । त्यस्तै होटल तथा पर्यटनको ०.०८, उत्पादन ०.१८ र जीवन बीमा ०.१ प्रतिशतले घटेको छ ।
यस्तै, बैंकिङ ०.२९, विकास बैंक १.६१, जलविद्युत् ३.२२, वित्त १.४८, निर्जीवन बीमा ०.७, अन्य ०.०४, लघुवित्त ०.९, सामूहिक लगानी कोष १.५ र लगानी ०.११ प्रतिशतले बढेको छ । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण ४० खर्ब ८६ अर्ब दुई लाख १० हजार बराबर पुगेको छ ।
मंगलबार कारोबारका आधारमा नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको ३९ करोड १ लाख ४१ हजार ७ सय १ बराबरको कारोबार भयो ।
अरुण भ्याली हाइड्रोपावर ३७ करोड १४ लाख ४५ हजार ५६६, अपि पावर कम्पनी ३५ करोड ७ लाख ९५ हजार ७७९, माथिल्लो तामाकोशी ३४ करोड २७ हजार २१९ र एचआइडीसीएल ३० करोड ४ लाख ८४ हजार ३९५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
यस्तै, विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । नेशनल हाइड्रोपावर ७.५०, फरवार्ड माइक्रो फाइनान्स ७.२५ र युनाइटेड इदी मर्दी हाइड्रोपावरका लगानीकर्ताले ५.९५ प्रतिशतले कमाए ।
यस्तै, नेरुडे लघुवित्त ३.१७, मेरो माइक्रो फाइनान्स २.२८, सिभिल लघुवित्त २.१२, अजोड इन्स्योरेन्स २.०४ र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले २ प्रतिशतले गुमाए ।