कतिपयका दृष्टिमा भारतीय चलचित्र उद्योग बलिउडमा अहिले किसिङ सिन या रोमान्टिक सिन भएन भने चलचित्र अधुरो-अधुरो लाग्छ । तर, एक समय यस्तो पनि थियो नायक-नायिकाबीचको रोमान्सको सिन धेरै सोची सम्झी संवेदनशील रूपमा देखाइन्थ्यो ।
२०औँ शताब्दीको सन् ५०-६० को दशकमा सायदै यस्ता सिन हुन्थे जसमा नायक-नायिकालाई धेरै नजिक देखाइएको हुन्थ्यो, रोमान्स र किसिङ सिन त परको कुरा भयो ।
अहिलेका चलचित्रहरूमा त बोल्ड सिन देखाइने गरिएको छ । के तपाईंलाई थाहा छ हिन्दी सिनेमाको सबैभन्दा पहिलो किसिङ सिन कुन हो ? उक्त किसिङ सुन कहिले लिइएको थियो ? कुन चलचित्रमा त्यसलाई 'फिल्माइएको' थियो ?
हिन्दी चलचित्रको पहिलो किसिङ सिनः
हिन्दी सिनेमाको पहिलो किसिङ सिन सन् १९३३ मा प्रदर्शित चलचित्र 'कर्मा'मा देखाइएको थियो । यो नै किसिङ सिन भएको पहिलो चलचित्र हो ।
यो चलचित्रमा अभिनेता हिमांशु राय तथा अभिनेत्री देविका रानीका बीच किसिङ सिन सुट गरिएको थियो ।
४ मिनेटको थियो बलिउडको पहिलो किसिङ सिनः
चलचित्र कर्मामा देखाइएको पहिलो किसिङ सिन त्यसबेलाको सबैभन्दा लामो रोमान्टिक सिन थियो । त्यसमा देविकाले हिमांशुलाई छोटो-छोटो समयमा थुप्रै पटक किस गरेकी थिइन् । यो सिन करिब ४ मिनेटसम्म चलेको थियो ।
तर, यो किसिङ सिन 'लब मेकिङ सिन' भने थिएन । नायक बेहोस भएपछि उनलाई होसमा ल्याउनका लागि नायिकाले नायकको मुखमा मुख जोडेर प्रयास गरेकी थिइन् । र, यो नै बलिउडको पहिलो किसिङ सिनका रूपमा दर्ज भयो ।
यसरी गरिएको थियो सुटः
कर्मामा पहिलोपटक किसिङ सिन राखिएपछि चलचित्रका निर्मातासँगै नायक-नायिकाको पनि त्यसबेला खुबै आलोचना भएको थियो । साथै चलचित्रमाथि प्रतिबन्ध नै लगाइएको थियो ।
त्यो समयमा चलचित्रको पर्दामा रोमान्टिक सिन देखाउनु धेरै ठूलो कुरा थियो । तर, अभिनेता हिमांशु र अभिनेत्री रानीले उक्त सिन दिएर एउटा ठूलो कदम उठाएका थिए । अर्कातर्फ देविका र हिमांशु पति-पत्नी थिए । जसका कारण उनीहरूलाई उक्त सिन दिन धेरै गाह्रो पनि थिएन ।
देविकालाई पद्मश्रीः
सन् १९७० मा भारतमा दादासाहेब फाल्के अवार्डको सुरुवात भयो । यो भारतीय चलचित्र उद्योगको सबैभन्दा ठूलो अवार्ड हो ।
यो अवार्डको पहिलो विजेता हुन् देविका रानी । यसका साथै देविका रानी बलिउड चलचित्र उद्योगकी त्यस्ती अभिनेत्री हुन् जसलाई पद्मश्री सम्मान प्रदान गरिएको थियो ।
भारतीय अखबारहरूबाट भावानुवाद