आर्थिक वर्ष २०७८/७९ मा नेपाल भित्रिएका सबैभन्दा धेरै विद्युतीय गाडी चीनबाट भित्रिएका छन् । यद्यपि, आयात प्रतिबन्धको असर भने विद्युतीय गाडीको आयातमा पनि परेको छ ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा चीनबाट ८२३ विद्युतीय गाडी नेपाल भित्रिएका छन् । जसमध्ये १ सय किलोवाटका १६७ र १ सय ५० देखि २ सयसम्म किलोवाट क्षमताका ६९६ विद्युतीय गाडी नेपाल भित्रिएका छन् ।
उक्त आर्थिक वर्षमा चीनपछि भारतबाट धेरै विद्युतीय नेपाल भित्रिएका छन् । त्यसपछि दक्षिण कोरियाबाट विद्युतीय गाडी नेपाल भित्रिएका छन् ।
भारतबाट सय किलोवाट क्षमताका ६९६, दक्षिण कोरियाबाट सय किलोवाट क्षमताका १३२ र फ्रान्सबाट एक सवारी साधन भित्रिएका छन् ।
यस्तै बेलायतबाट सयदेखि १५० किलोवाट क्षमताका १३, दक्षिण कोरियाबाट सयदेखि दुई सय किलोवाट क्षमताका ५२, जापानबाट ७८, बेलायतबाट चार गाडी नेपाल आएका छन् ।
बेलायतबाट दुई सयदेखि तीन सय किलोवाट क्षमताका चार र तीन सय किलोवाट क्षमताभन्दा माथिका दुई विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन् ।
विभागका अनुसार एक वर्षमा विभिन्न देशबाट ५ अर्ब बढीका चार पांग्रे विद्युतीय सवारी साधन भित्रिएका छन् ।