फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आजदेखि क्वाटरफाइनलका खेल सुरु हुँदैछन् । क्वाटरफाइनल समीकरणका खेल पूरा भएसँगै आजदेखि सेमिफाइनल प्रवेशका लागि खेल हुन लागेका हुन् ।
३२ राष्ट्र सहभागी खेलमा १६ राष्ट्र नकआउट चरणमा पुगेका थिए । त्यसमध्ये ८ राष्ट्र क्वाटरफाइनलमा पुगेका छन् । अब ४ वटा राष्ट्र सेमिफाइनलमा प्रवेश गर्नेछन् भने ४ राष्ट्र क्वाटरफाइनलबाटै घर फर्कनेछन् ।
अन्तिम १६ मा पोर्चुगल, स्विटजरल्यान्ड, नेदरल्यान्डस्, अमेरिका, अर्जेन्टिना, अस्ट्रेलिया, फ्रान्स, पोल्यान्ड, इङ्गल्यान्ड, सेनेगल, क्रोएसिया, जापान, ब्राजिल, दक्षिण कोरिया, स्पेन र मोरक्को पुगेका थिए ।
प्रिक्वाटरफाइनलको खेलमा अमेरिकालाई पराजित गर्दै नेदरल्यान्डसले क्वाटरफाइनलको यात्रा तय गरेको हो । त्यस्तै अस्ट्रेलियालाई २-१ गोलले पराजित गर्दै अर्जेन्टिनाले पनि क्वाटरफाइनलको यात्रा पूरा गर्यो ।
त्यस्तै सेनेगललाई ३-० ले पराजित गर्दै इङ्गल्यान्ड र जापानलाई पेनाल्टी सुटआउटमा पन्छाउँदै क्रोएसियाले क्वाटरफाइनलको यात्रा तय गरेको हो ।
त्यस्तै दक्षिण कोरियालाई ४-१ ले पराजित गरेको ब्राजिल र स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गरेको मोरक्को पनि क्वाटरफाइनलमा पुगेका छन् ।
त्यस्तै स्विटजरल्यान्डलाई ६-१ को विशाल स्कोरले पराजित गर्दै पोर्चुगलले क्वाटरफाइनलको यात्रा पूरा गर्दा पोल्यान्डलाई ३-१ गोलले पराजित गरेको फ्रान्स पनि क्वाटरफाइनलमा पुगेको छ ।
क्वाटरफाइनलको समीकरण पूरा भएपछि आजदेखि क्वाटरफाइनलका खेलहरू हुँदैछन् । यसमध्ये ४ राष्ट्र सेमिफाइनलमा पुग्दनेछन् ।
आज राति ८:४५ बजे सेमिफाइनल प्रवेशका लागि ब्राजिलले क्रोएसियाको सामना गर्दैछ । ब्राजिल र क्रोएसियाबीचको खेल कतारको एजुकेसन सिटी रंगशालमा हुनेछ । त्यस्तै राति १२:४५ बजे सेमिफाइनलमा पुग्न अर्जेन्टिना र नेदरल्यान्डस्बीच खेल हुँदैछ ।
त्यस्तै सेमिफाइनलमा पुग्न भोलि (शनिबार) मोरक्कोले पोर्चुगलको सामना गर्दैछ । सोही राति १२:४५ बजे फ्रान्सले इङ्गल्यान्डको सामना गर्दैछ ।