इन्डियन प्रिमियर लिग (आईपीएल) मा मंगलबार म्याचपछि सुरु भएको पोस्टम्याच सेरेमनीमा एक अवार्ड छाडेर बाँकी सबै अवार्डका लागि नाम लिइएका व्यक्ति थिए- सूर्यकुमार यादव ।
म्याचमा सबैभन्दा लामो छक्का हानेको अवार्ड इशान किशनले जिते । तर, उक्त म्याचमा सबैभन्दा बढी चम्किएका थिए सूर्यकुमार । मंगलबार राति मुम्बईके वानखडे स्टेडियममा भएको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै शानदार जित निकाल्यो ।
उक्त म्याचमा सबैभन्दा बढी चम्किएका सूर्यकुमार यादवले ३५ बलमा ६ छक्का र ७ चौकासहित ८३ रन बनाउँदै विस्फोटक पारी खेले । सूर्यकुमार यादव उर्फ स्काई (SKY) ले २६ बलमा अर्धसतक पूरा गरेका थिए । र, थप ९ बल खेल्दै उनले ३३ रन जोडेर ८३ रनको शानदार पारी खेले ।
यही आँकडाले देखाउछ कि उनले कुन हदसम्मको विस्फोटक ब्याटिङ गरे । उनले ग्राउन्डको हरेक कुनामा बैंगलोरका बलरहरूको धुलाई गरे । सूर्यकुमारको विस्फोटक ब्याटिङ देखेर एक टीभी कमेन्टेटरले यहाँसम्म भने कि- सूर्यकुमार बलरहरूको बल खेल्दैनन् बरु बलरको साथ खेलवाड गर्छन् ।
बलरहरूसँगको खेलावाड भन्नु गलत पनि थिएन, किनकी सूर्यकुमार जुन रूपमा लगातार 'सट' हानिरहेका थिए त्यसबेला यस्तो लाग्थ्यो कोइ बच्चाको बलमा उनी चौका र छक्का हानीरहेका छन् ।
सूर्यकुमार जहाँ पनि सट हान्छन् ?
म्याचपछि पूर्वक्रिकेटर सञ्जय मान्जरेकरले सूर्यकुमारलाई सोधे कि उनी कसरी आरामले चौका हानिरहेका थिए ।
जवाफमा सूर्यकुमारले भने- उनीहरू (बैंगलोर) एक योजनाका साथ आएका थिए कि स्लो बल हान्नु पर्छ । तब मैले नेहलसँग कुरा गरेँ- यदी उनीहरू स्लो बल दिन्छन् भने हामी ग्याममा जोडले खेल्नेछौँ र द्रुत गतिमा दौडिनेछौँ । हामीले निश्चित गरेका थियौँ कि जति सकिन्छ दौडेर रन लिने, र यदि बाउन्ड्री लाग्यो भने झनै राम्रो भयो ।
उनलाई फेरि सोधियो ग्राउन्डमा कसरी ग्याप निकाल्न सकेको ? यसमा सूर्यकुमारले भने- म्याचमा तपाईं जे गर्नुहुन्छ त्यो असलमा अभ्यासका कारणले हुन्छ । म केही फरक गर्दिनँ, अभ्यास गर्छु । कहाँबाट रन बनाउने म यसको अभ्यास गर्छु । म कम्फर्ट जोनबाट निकाल्छु र आफूलाई अन्डरप्रेसर राख्छु । म आफ्नो खेललाई जान्दछु र यो पनि जान्दछु कि मेरो र रन कहाँ छ । यसभन्दा अलग म केही गर्दिनँ ।
बैंगलोरका कप्तान फैफ डुप्लेसीले सूर्यकुमार यादवका बारेमा भने- उनी उत्कृष्ट खेलाडीहरूमध्ये एक हुन् । उनी खेल्न थालेपछि उनीबिरुद्ध बलिङ गर्न धेरै कठिन हुन्छ । तपाईं थुप्रै विकल्प अपनाउन सक्नुहुन्छ तर उनलाई रोक्न भने सक्नुहुन्न ।
भारतीय टिमका पूर्वकप्तान सौरव गांगुलीले ट्विट गर्दै सूर्यकुमारलाई दुनियाकै सबभन्दा उत्कृष्ट टी-२० क्रिकेटरके संज्ञा दिए । गांगुलीले भनेका छन्- यस्तो लाग्छ कि उनी कम्पुटरमा ब्याटिङ गरिरहेका छन् ।
भारतका पूर्वफास्ट बलर इरफान पठानले ट्विटरमा सूर्यकुमारबारे लेखेका छन्- सूर्या मुम्बई इन्डियन्सका असली खजाना हुन् । भारतका पूर्वस्पिनर हरभजन सिंहले ट्विटरमा प्रश्न गरेका छन्- यस्तो ब्याटिङ कोही कसरी गर्न सक्छ ?