१८ दिनको युद्धमा १० दिनसम्म एक्लै घमासन युद्ध गरेर भीष्मले पाण्डव पक्षलाई व्याकुल गरिदिए र अन्तमा शिखण्डीको माध्यमले आफ्नो मृत्युको उपाय स्वयं बताएर महाभारको यो अद्भूत योद्धाले वाँणमाथि शयन गरे ।
उनी वाँणको शय्यामा शयन गरेपछि युद्ध ८ दिनसम्म चल्यो । तर, भीष्म पितामहले शरीर त्याग गरेका थिएनन् किनभने जब सूर्य उत्तरायण हुन्छ तबमात्रै आफूले शरीर त्याग गर्ने बताए ।
भीष्म पितामह वाँणको शय्यामा ५८ दिनसम्म रहे । त्यसपछि उनले शरीर त्याग गरेका थिए, उनले देह त्याग गर्दा माघ महिनाको शुक्ल पक्ष थियो । उनले यतिबेला जुन शिक्षा दिए त्यसबारे हामीले सिक्नुपर्ने ११ कुराबारे जानकारी लिऔँ ।
१. यस्तो वचन बोल्नुहोस् जुन अरुलाई प्यारो लागोस् । अरुलाई तथानाम भन्नु, निन्दा गर्नु, रुखो बचन बोल्नु, यो सबै त्याग्नुको योग हो । अरुको अपमान गर्नु अहंकार र दम्भ हो । यो अवगुण हो ।
२. त्यागबिना केही पनि प्राप्त हुँदैन । त्यागबिना परम आदर्श सिद्धि हुँदैन । त्यागबिना मनुष्य भयबाट मुक्त हुन सक्दैन । त्यागको सहायताले मनुष्यले हरेक प्रकारको सुख प्राप्त गर्न सक्छ ।
३. सुख दुई प्रकारका मनुष्यले पाउँछन् । ती जो सबैभन्दा बढी मूर्ख छन्, दोस्रो उनीहरू जसले बुद्धिको प्रकाशमा तत्व देखेका छन् । जो मानिसहरू बीचमा लट्किरहेका छन्, उनीहरू दुःखी हुन्छन् । ती पुरुष सुखी हुन्छन् जसले मनलाई सामान्यवस्थामा राख्छन्, जसले व्यर्थको चिन्ता गर्दैनन् । जसले सत्य बोल्छन् । जो सांसारिक पदार्थको मोहमा फस्दैनन्, जसलाई कुनै काम गर्नका लागि विशेष चेष्टा हुँदैन ।
४. जो पुरुष आफ्नो भविष्यमाथि अधिकार राख्छन् (आफ्नो पथ आफैँ निश्चित गर्छन्, अरुको कठपुतली बन्दैनन्) जसले समयानुसार तुरुन्त विचार गर्न सक्छन् र त्यसमाथि आचरण गर्छन्, त्यस्ता पुरुषले सुख प्राप्त गर्छन् । आलस्यले मानिसलाई नष्ट गरिदिन्छ ।
५. सनातन कालदेखि जब कसैले स्त्रीको अपमान गरेको छ, उसको विनास निश्चित भएको छ । भीष्म पितामहले युधिष्ठिरलाई बताए कि, स्त्रीको पहिलो सुख उसको सम्मान हो । जहाँ स्त्री प्रसन्न हुन्छन्, त्यहाँ मात्रै लक्ष्मीको बास हुनछ । जुन घरमा स्त्रीको सम्मान हुँदैन, उसलाई विभिन्न प्रकारको दुःख दिइन्छ भने उक्त घरबाट लक्ष्मीसहित अन्य देवीदेवता पनि बाहिर निस्कने गर्छन् ।
६. भीष्म पितामहले युधिष्ठिरलाई बताए कि जब नदी पूरा बेगका साथ समुद्रसम्म पुग्छ तब ठूलोभन्दा ठूलो वृक्षलाई आफूसँगै ल्याउँछ । एकपटक समुद्रले नदीलाई सोध्यो कि तिम्रो जल प्रवाह यति तेज र शक्तिशाली छ कि त्यसमा ठूल्ठूला रुख बग्छन् तर साना घाँस, नरम बोटबिरुवालाई बगाउन नसक्नुको कारण के हो ? नदीले भन्यो, ‘जब मेरो जलको प्रवाह आउँछ तब नरम बोटविरुवा आफसेआफ झुक्छनन् । तर रुख आफ्नो कठोरताका कारण यस्तो गर्न सक्दैन त्यसलै मेरो प्रवाहले उनीहरूलाई जरैदेखि उखेलिदिन्छ । अतः यदि विपरित परिस्थिति छ भने प्राणी झुक्नुपर्छ ।
७. संसारलाई बुढेसकालले चारैतिरबाट घेरेको छ । मृत्युको प्रहार उनीहरूमाथि भइरहेको छ । दिन जान्छ, रात बित्छ । तिमी किन उठ्दैनौँ ? अहिले नै उठ्नुहोस् । समयलाई व्यर्थ नफाल्नुहोस् । आफ्नो कल्याणका लागि केही गर्नुहोस् । तिमीलाई मृत्युले नघिसारेसम्म तिम्रो काम समाप्त भएको हुँदैन ।
८. खाना एक्लै नखानुहोस् । धन कमाउने विचार छ भने कसैलाई साथमा लिनुहोस् । यात्रा पनि एक्लै नगर्नुहोस् । जहाँ सबैजना सुतेका छन्, त्यहाँ एक्लै उठेर नबस्नुहोस् ।
९. श्रेष्ठ र सज्जन ती व्यक्ति हुन्छन् जो अरुलाई धनी देखेर जल्दैनन् । उनीहरूले विद्वानलाई सत्कार गर्छन् र धर्मको सम्बन्धमा प्रत्येक स्थानबाट उपदेश सुन्छ ।
१०. जो मनुष्यले आफूलाई व्यर्थ चिन्तामा राख्छ उसले आफ्नो रङ्ग, आफ्नो सम्पत्ति, आफ्नो जीवन र आफ्नो धर्म पनि नष्छ गरिदिन्छ । जो व्यक्ति शोकबाट बच्छ, उसले सुख र आरोग्यता दुवै प्राप्त गर्छ ।
११. सत्य ब्रह्म हो, सत्य तप हो, सत्यबाट मनुष्य स्वर्ग जान्छ । झुटो अन्धकार जस्तै हुन्छ । अन्धकारमा रहँदा मनुष्य ऊँधो गतीमा जान्छ । स्वर्गलाई प्रकाश र नर्कलाई अन्धकार भनिन्छ । सत्य धर्म सबै धर्मबाट उत्तम धर्म हो । सत्य नै सनातन धर्म हो । तप र योग सत्यबाट नै उत्पन्न हुन्छ ।