काठमाडौं । घरेलु हिंसाको विषयवस्तु उठान गरेको पारिवारिक टेलिसिरियल 'सीता'को प्रसारण सुरु भएको छ ।
सहिन प्रजापतीको लेखन तथा निर्देशनमा बनेको सिरियल हिमालय प्रीमियम टेलिभिजनबाट प्रसारण सुरु भएको हो ।
हरेक मंगलबार राति ८ बजे टेलिभिजनबाट प्रसारण हुने सिरियल आरटी इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत आफूले चाहेको समयमा हेर्न सकिनेछ ।
गरिबीको पिडा, महिला माथिको विभेद, शिक्षाबाट बञ्चित चेलिको अवस्था र सामाजिक समस्याहरूलाई सिरियलमा मुख्य रूपमा उठान गरिएको छ ।
सीता नाम दिएर सिरियलमा विम्बको रूपमा प्रस्तुत गरिएको छ । सीताको भूमिकामा सुनिसा बजगाईंले सशक्त अभिनय गरेकी छन् । त्यस्तै लेखक तथा निर्देशक सहिन प्रजापतिको अभिनय पनि हेर्न सकिन्छ ।
त्यस्तै बालकृष्ण ओलिले सिताको जड्याहा श्रीमानको भूमिका निभाएका छन् । त्यस्तै राजु भुजु, सविता गुरुङ, तारा केसी, आरके मानन्धर, बासु खनाल, उत्तम आचार्य लगायतको मुख्य भूमिका देख्न सकिन्छ ।
यो सिरियलले युट्युबमा पनि राम्रै भ्युज पाइरहेको छ । यो समाचार तयार पार्दा सिरियलको पहिलो एपिसोड ५१ हजार पटक हेरिएको छ ।