आज मिति २०८० कात्तिक २२ गते बुधबार । आजको राशिफल यस्तो रहेको छ ।
मेषः
आफैँले कुनै प्राविधिक वा सीपमूलक ज्ञान प्राप्त गरेर लाभान्वित बन्ने समय छ । परिवारको समस्यामा केन्द्रित हुनुपर्नेछ । इच्छा पूरा हुने दिन छ । कल्पना र भावनालाई व्यवहारमा उतार्न र प्रस्फूटन गर्ने राम्रो समय छ ।
बृषः
चिताएको कुनै काम रोक्नुपर्ने हुन्छ । कतै लगानी गर्दा विचार पुर्याउनुहोला । दाम्पत्य जीवन सुखद रहने छ भने सुखशान्ति छाउने छ । अध्ययन/अध्यापनका क्षेत्रमा मेहनत गरे राम्रो नतिजा पाउने समय छ ।
मिथुनः
परिश्रमको प्रतिफल पाउने देखिन्छ भने प्रतिष्ठामा बृद्धि हुनेछ । आफ्नै प्रयासले समस्याहरू समाधान हुने देखिन्छ । सहकर्मीहरूले तपाईंको क्षमतामाथि विश्वास गर्न थाल्नेछन् । जुन कुराले मनमा उत्साह बढ्छ त्यही कार्य गरे मन प्रसन्न रहनेछ ।
कर्कटः
बोलीमा सामर्थ्य भएको दिन हो । कलात्मक कुरा गरेर कुनै काम बनाउन सक्नुहुन्छ । अचानक कुनै यात्राको योजना पनि बन्नसक्छ । आर्थिक पक्ष सुदृढ रहनुका साथै इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ ।
सिंहः
आफ्नो रुचिको विषयमा अगाडि बढ्ने थुप्रै अवसरहरू देखा पर्नेछन् । प्रयास गरेमा खूबी र क्षमताको पहिचान हुने समय छ । निणर्यात्मक शक्ति र व्यवस्थापकीय कौशलताको प्रदर्शन गरी आफ्नो सर्कलमा छुट्टै पहिचान स्थापना गर्न सकिने छ । चिताएका काम सम्पादन हुनेछन् ।
कन्याः
कामधाममा भन्दा पनि कल्पना र भावनामा केन्द्रित भइने छ । घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेवारी बोक्नुपर्ने हुन्छ, बढी खर्च हुने परिस्थिति छ, त्यसैले आर्थिक कारोबारमा सतर्कता अपनाउनु पर्छ । कुनै व्यक्तिगत समस्या पनि आउन सक्ला ।
तुलाः
गरेको कामबाट फाइदा हुनेछ, बुद्धि र विवेकको प्रयोग गरी विगतमा गुमाएका विषयवस्तुसमेत पुनः प्राप्त गर्न सकिने छ । दाजुभाइ र दिदीबहिनीसँग सहायता आदान/प्रदान गर्ने समय हो । बौद्धिक र ज्ञानमूलक क्षेत्रमा थप मिहिनेत गर्ने दिन हो ।
बृश्चिकः
प्रयास गरेमा चिताएको कुनै काम पूरा हुन सक्छ । विवाद र समस्याहरूलाई सकारात्मक ढंगले समाधान गर्न सकिने छ । तैपनि केही परिबन्द र बाध्यतामा अलमलिनु पर्ने हुन सक्छ । बौद्धिक क्रियालाप र आध्यात्मिक पक्षमा आकर्षण देखा पर्न सक्छ ।
धनुः
प्रिय जनबाट उपहार प्राप्त हुन सक्छ । आफ्ना उद्देश्य परिपूर्तिका लागि धनखर्च हुने देखिन्छ । जग्गाजमिन, ढुवानी, निर्माण सामाग्री आदि व्यवसाय हुनेहरूका लागि आजको दिन राम्रो देखिन्छ ।
मकरः
परिवारका सदस्यसँग मतभेद बढ्न सक्छ । यात्रा गर्दा सावधानी अपनाउनुहोला । कुनै पनि निर्णय गर्दा विचार पुर्याउनुहोला । हतारमा गरेको निर्णय गलत पनि हुन सक्छ । धैर्य र संयमताका साथमा काम गर्ने दिन छ ।
कुम्भः
पारिवारिक भ्रमणमा निस्कनुपर्ने हुन्छ । भविष्यमा हुने कुनै यात्राको योजना बनाउन सकिन्छ । तपाईंको प्रस्तावमा परिवारले समर्थन जनाउने छ । व्यक्तिगत खुसीका लागि समय छुट्याइने छ ।
मीनः
जीवनसाथीसँग रमाउने दिन छ । भोगविलासका बस्तु खरिद गर्न इच्छा लाग्नेछ । कुनै यात्राको योजना बन्न सक्नेछ । खेलकुद, उपहार सामाग्री, स्वास्थ्य र सरसफाइको व्यवसायमा राम्रै देखिन्छ ।