काठमाडौं । महान् व्यक्तिहरू पनि थिए जसले जीवनमा गरेका संघर्ष र त्यसले पाएको सफलताका कारण समग्र विश्वलाई नै फाइदा पुगेको छ । उनीहरूले आफ्नो जीवनमा भोगेका, देखेका र सुनेका कुराहरूलाई विभिन्न प्रसंगमा अभिव्यक्त गर्ने गरेका छन् ।
कसैले जीवन बदल्नका लागि महत्वपूर्ण कुरुाहरुको बारेमा सिकाएका छन् भने कसैले सफलताका महान सूत्रहरूका बारेमा आफ्ना अमूल्य भनाइहरू हामीसामू छोडेर गएका छन् ।
आज हामी तिनै महान् व्यक्तिहरूका भनाइको उल्लेख गर्दैछौँ । जसले तपाईंको जीवन परिवर्तनमा महत्त्वपूर्ण हुन सक्दछ । आउनुस् ती भनाइहरू यसरी उल्लेख गरिएको छः
१. गल्ती गर्नु मानवीय कर्म हो भने क्षमा गर्नु ईश्वरीय काम हो- अलेक्जेण्डर पोप
२. जित्नेहरू फरक काम गर्दैनन् फरक तरिकाले गर्छन्- शिव खेडा
३. जुन काम तिमी आज गर्न सक्छौ त्यसलाई कहिल्यै भोलिका लागि नछोड । - बेन्जामिन फ्रेंकलिन
४. जीवन एक गतिशिल छाया मात्र हो । -विलियम शेक्सपियर
५. सुरुवातको पहिलो पाईलामा तिमीले भन्नैपर्छ, हो म यो काम गर्न सक्छु । -विल स्मिथ
६. असफलता भनेको खस्नु होइन, तर उठ्नु भएन भने तपाईंको दोष हुनेछ ।
७. केही नगर्नेले मात्र केही गल्ती नगर्ने हो । - फ्रान्सेली आहान
८. संकट र बाधा भनेको सफलताको खुड्किला नै हो । -डेनी क्विन
९. एक पुरुषलाई पढायौ भने एक व्यक्ति मात्र शिक्षित बन्दछ, तर एक स्त्रीलाई पढायौ भने सिङ्गो परिवार नै शिक्षित बन्दछ । महात्मा गान्धी
१०. मैले कुनै पनि समुदायको प्रगतीलाई महिलाले गरेको प्रगतिसँग मापन गर्दछु । बाबा साहेब आम्बेडकर
११. कुनै पनि देश सुखको शिखरमा तब सम्म पुग्न सक्दैन जबसम्म उसले महिलासँग काँधमा काँध मिलाएर हिँड्न सक्दैन । मोहम्मद अली जिन्ना