काठमाडौं । नेपाललाई पराजित गर्दै नेदरल्यान्ड्सले त्रिदेशीय सिरिजको उपाधि जितेको छ । आज टीयू क्रिकेट मैदानमा भएको फाइनलमा नेपाल पराजित हुन पुगेको हो ।
फाइनलमा टस जितेर कप्तान रोहित पौडेलले पहिलो ब्याटिङ गर्ने निर्णय लिएका थिए । नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रनको स्कोर बनाएको थियो ।
नेपालका लागि कुशल भुर्तेलले २० रन बनाए भने आशिफ शेखले ४७ रन जोडे । त्यस्तै कप्तान रोहित पौडेलले २५, गुल्शन झाले ३४ रन बनाउँदा दिपेन्द्रसिंह ऐरी १ रन बनाउँदै आउट भए ।
कुशल मल्लले २६ रन जोडेको खेलमा करण केसी ९ रनमा आउट भए भने आरिफ शेख शून्य रनमा पेभेलियन फर्किए । त्यस्तै प्रतिश जिसी र सोमपाल कामीले नटआउट ६/६ रन जोडे ।
बलिङतर्फ नेदरल्यान्ड्सका मिचेल लेभिटले ५४ रन जोड्दा म्याक्सो डाउडले २२ रन जोडे । त्यस्तै विक्रमजित सिंहले २९, सिबर्ड एङ्गलबर्टले ४८ रन जोडे भने स्कोट एडवार्ड्स र तेजा निदामनरुले समान २/२ रन जोडे । नेदरल्यान्ड्सका टिम भानडेर गग्टेन २१ रनमा नटआउट रहँदा रोलफ भानडेर भर्वे २ रनमा अविजित रहे ।
बलिङतर्फ कुशल मल्लले ४ विकेट लिए भने अबिनाश बोहरा र दिपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिएका थिए । उता नेदरल्यान्डसका फ्रेड क्लासेन, टिम भानडेर गग्टेन, मिचेल लेभिट र सिबर्ड एङ्गलबर्टले समान २/२ विकेट लिएका थिए ।
टीयू क्रिकेट मैदानमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खला आयोजना भएको हो । जसमा नेपाल र नेदरल्यान्ड्सबीच फाइनलमा भिडन्त भएको हो ।