काठमाडौं । नेपाल क्रिकेट संघले आयरल्यान्ड ए सँगको खेलका लागि नेपाल एको प्रारम्भीक टोलीमा रहेका ४० जनाको नाम सार्वजनिक गरेको छ ।
क्यानले सोमबार ४० जना खेलाडीलाई समावेश गरी बन्द प्रशिक्षणमा बोलाएको हो । नेपाल ए ले आयरल्यान्ड ए सँग तीन टी-२० खेल्नेछ । जसका लागि आज खेलाडीहरूको प्रारम्भिक सूची सार्वजनिक गरिएको हो ।
बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीमा देव खनालसहित विनोद भण्डारी, आरिफ शेख, हरिशङ्कर साह, रित गौतम, पवन सर्राफ, अर्जुन साउद, नरेन भट्ट, दिलीप नाथ, विवेक यादव, बसिर अहमद, विपिन खत्री र श्याम ढकाल (मौसम) छन् ।
त्यसैगरी रञ्जित कुमार, विकास आग्री, नारायण जोशी, सन्दीप जोरा, लोकेश बम, भीम सार्की, मायन यादव, अर्जुन कुमाल, रुपेश सिंह, साहब आलम, अर्जुन घर्ती, शेर मल्ल, दीपेश कँडेल तथा रिजन ढकाल समावेश छन् ।
त्यस्तै आकाश चन्द, कमलसिंह ऐरी, किरण ठगुन्ना, सुजन थपलिया, रासिद खान, दिनेश अधिकारी, सागर ढकाल, दीपेन्द्र राउत, सुवास भण्डारी, आशुतोष घिरैया, हेमन्त धामी र नरबहादुर सार्की छन् ।
नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीच यही चैत १३, १६ र १८ गते टी- २० खेल हुनेछ भने त्यस्तै चैत २१, २३ र २५ गते एकदिवसीय खेल हुनेछ ।
त्यसअघि आयरल्यान्ड ‘ए’ टोलीले नेपालको सिनियर टोलीसँग यही चैत ११ र १२ गते टी-२० खेल खेल्नेछ ।