काठमाडौं । आयरल्यान्डसँग नेपालमा जारी ट्वान्टी–२० शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ पराजित भएको छ ।
कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा ए विरुद्ध आयरल्यान्ड एले २१ रनको जित निकालेको हो ।
सुरुवाती ब्याटिङ गरेको २२२ रन बनाउँदै जितका लागि २२३ रनको लक्ष्य दिएको थियो । तर, जवाफी ब्याटिङमा उत्रिएको नेपालले १९.३ ओभरमा अलआउट हुँदै २०१ रनमात्रै बनायो ।
नेपालका लागि लोकेश बमले शतक बनाए । ५६ बल खेलेका बमले १०६ रन जोडे । आरिफ शेखले ४९ र विनोद भण्डारीले १६ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
देव खनाल, कमल ऐरी, राशिद खान, हेमन्त धामी खाता समेत नखोली पेभिलियन फर्किए ।
बलिङतर्फ आयरल्यान्डका लागि फिओन हाण्ड र म्याथ्यु हुम्फेरेसले ३–३ विकेट लिए भने म्याथ्यु फोस्टरले २ तथा थोमस मेइस र गाभिन होइले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको आयरल्याण्डले २० ओभरमा ५ विकेटको क्षतिमा २२२ रन जोड्यो ।
उसका लागि पिटर मुरले ४९, केड कारमाइकल र निल रकले ३८–३८, स्टेफन डोहेनीले ३४ रन जोड्दा ग्यारेथ डिलानी ३० रनमा तथा गाभिन होए १८ रनमा अविजित रहे । अन्तिम ओभरमा नेपालले २३ रन खान पुगेको थियो ।
बलिङतर्फ नेपाल ए का कमल ऐरीले ३ विकेट लिँदा सागर ढकाल र आरिफ शेखले १–१ विकेट लिए ।