काठमाडौं । केकेआरमा गौतम गम्भीरले के त्यस्तो परिवर्तन गरे, जसले टिम यति शक्तिशाली देखिएको छ ।
इन्डियन प्रमियर लिग (आईपीएल) को जारी सिजनमा कोलकाता नाइट राइडर्स (केकेआर) निकै मजबुत टिमका रूपमा देखिएको छ । धेरैले केकेआरलाई सम्भावित च्याम्पियन पनि भनेका छन् ।
जारी सिजनमा ३ खेल खेलेकोमा तीनवटै दबदबापूर्ण जित निकाल्दै केकेआर अंकतालिकाको शीर्ष स्थानमा छ ।
केकेआरले खेलेको पछिल्लो खेलमा दिल्ली क्यापिटल्सलाई १०६ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । दिल्लीविरुद्धको यो ठूलो जितका हिरो सुनिल नारायण थिए । तर, आन्द्रे रशेल, अंग क्रिस रघुवंशी तथा बलहरूको भूमिका पनि कम महत्त्वपूर्ण भने थिएन ।
केकेआरले सुनिललाई ओपनिङको जिम्मेवारी दिएको छ । र, धेरै क्रिकेट जानकारहरूको आशंका चिर्दै उनले यसमा आफूलाई खरो उतारेका पनि छन् । उनी विस्फोटक अन्दाजमा ब्याटिङ गरिरहेका छन् ।
सुनिलले आफू क्रिजमा रहुन्जेल कुनै पनि बलरलाई छाडेका छैनन् । उनी प्रत्येक बललाई बाउन्ड्रीलाइन बाहिर पठाउने मनसायमा रहेका देखिन्छन् ।
सुनिलका साथसाथै रशेल र रिङ्कु सिंहले पनि तुफानी पारी खेलीरहेका छन् । अंगक्रिशले पनि सबैलाई प्रभावित पार्ने गरी ब्याटिङ गरिरहेका छन् ।
ब्याटिङ मात्र नभएर कोलकाताको बलिङ लाइन पनि मजबुत देखिएको छ । सबभन्दा महंगोमा मिचेल स्टार्कलाई टिममा भित्र्याएको केकेआरको बलिङ पङ्क्ति उत्तिकै मजबुत छ । त्यस्तै वरुण चक्रवर्ती पनि लयमा देखिँदा केकेआर निकै मजबुत टिम देखिएको छ ।