काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले बाग्लुङको गलकोट नगरपालिकास्थित मुख्य बजार हटियामा गल्कोट शाखा हरिचौर अन्तर्गत रहनेगरी ३३ औँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
गलकोट नगरपालिकाको मुख्य ब्यापारिक केन्द्र हटिया बजारलाई लक्षित गरि सुरू गरेको बैंकको नयाँ एक्सटेन्सन काउन्टरको नगर प्रमुख भरत शर्मा गैरेले उद्घाटन गरेका बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।
कोरोनाका कारण सामजिक दुरी कायम गरी काउन्टरको उदघाट्न गदैं नगरप्रमुख गैरेले नेपाल बैंकको सेवा विस्तारसँगै प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिए ।
उनले गलकोटमा २०३८ सालमा हरिचौर बजारमा स्थापना भएको नेपाल बैक २०५८ सालमा बिस्थापित भएको स्मरण गदैं २०७३ सालमा निकै ठुलो प्रयासले पुनस्थापना भएको उल्लेख गरे ।
नगरप्रमुख गैरेले नेपाल सरकारको स्वामित्व नै नेपाली जनताको स्वामित्व भएकोले नेपाल बैंक जनताको बैंक रहेको बताए । उनले नेपाल बैंक लिमिटेड गलकोट शाखा अन्तर्गतको एक्टेन्सन काउन्टरबाट समेत ग्राहकको सेवा र चाहानालाई मध्यजनर गरि सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।
२०३८ सालमा गलकोट शाखाको रुपमा हरिचौरबाट सेवा प्रवाह गरेको बैक राजनैतिक परिर्वतनसँगै २०५८ सालमा विस्थापित भएको थियो । २०७३ साल माघ १ गते हरिचौरमा बैंकको पुनस्थापना भएको थियो ।
एक्सटेन्सन काउन्टरबाट खाता सञ्चालन, बचत ऋण कारोबार, रेमिटेन्स सेवा सुनचादिँको कारोबार, राजश्व भुक्तानी लगाएत सेवा प्रवाह हुने शाखा प्रबन्धक देबी बोहोराले जानकारी दिए ।
लकडाउन तथा निषेधाज्ञाको हालको विषम परिस्थितिमा समेत नयाँ आर्थिक वर्षको पहिलो दुई महिनामा नेपाल बैंकद्वारा पाँच वटा एक्स्टेन्सन काउन्टरहरू थप गरी सञ्चालनमा ल्याएको प्रवक्ता अधिकारीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
प्रवक्ता अधिकारीका अनुसार यस अघि श्रावण २३ गते दाङको भरतपुरस्थित क्याम्पस चोकमा, भाद्र १ गते पोखरा लेखनाथस्थित पोखरा नर्सिङ्ग क्याम्पसमा, भाद्र १० गते काठमाण्डौंस्थित अमृत साईन्स क्याम्पसमा, भाद्र १५ गते चितवन रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयमा एक्स्टेन्सन काउन्टरहरू थप गरी सेवा प्रबाह सुरु गरिएको छ ।
नेपालकै फ्ल्यागशिप बैंकको रुपमा रहेको यस बैंकले १८९ वटा शाखाहरु, १२५ वटा एटिएम तथा ३३ वटा एक्स्टेन्सन काउन्टर मार्फत बैंकिङ सेवा दिँदै आएको छ ।
बैंकले चालु आर्थिक वर्षभित्रै शाखा सञ्जाल बढाउँदै कुल शाखा संख्या २१४ पुर्याउने लक्ष्य राखेको छ ।