काठमाडौं । अफ्रिकी राष्ट्र इक्वेटोरियल गिनीको फुटबल महासंघले भनेको छ- लामिन यामलले युरो कपमा जुन प्रदर्शन गरेका छन् त्यसले उनको देशमा फुटबल खेलमा बढावा मिल्नेछ । वास्तावमा यामालले युरो कपमा धेरैलाई हैरान पार्दै उत्कृष्ट प्रदर्शन गरेका छन् ।
यामालकी आमा इक्वेटोरियल गिनीकी हुन् भने उनका पिता मोरक्कोका हुन् । तर, यामाल भने स्पेनबाट खेलीरहेका छन् । यामाल स्पेनको बार्सिलोनामा जन्मिए, त्यहीँ हुर्किए । स्पेनको ला मासिया एकेडेमीमा उनको प्रशीक्षण भयो ।
इक्वेटोरियल गिनीको फुटबल महासंघका अध्यक्ष वेनेसियो टमस डाङ मिचा भन्छन्- लामिन भलै इक्वेटोरियल गिनीका लागि खेल्दैनन् । तर, उनी हाम्रो मनको निकै नजिक छन् । र, इक्वेटोरियल गिनीको फुटबलका लागि धेरै गर्नेछन् भन्ने हामीलाई लागेको छ ।
वेनेसियो अगाडि भन्छन्- लामिनले युरो कपमा गरेको प्रदर्शन तथा क्लब बार्सिलोनाका साथ उनले बिताएको सानदार सिजनले हामीलाई आनन्द दिएको छ । उनो मूल हाम्रो देशसँग जोडिएको छ र यसले के देखाउँछ भने हाम्रो देश राम्रा फुटबलरहरूको हो ।
यामालले सानै उमेरमा आफ्नो अलराउण्ड प्रदर्शनका मद्दतले स्पेनलाई जिताउन अहम् भूमिका निभाइरहेका छन् । उनले गोल मात्र गरेका छन् त्यसका लागि असिस्ट पनि गरेका छन् । यामाल १७ वर्षको पुग्दै गर्दा युरो कपको फाइनल खेल्ने सबैभन्दा कम उमेरको खेलाडी पनि बनेका छन् ।
अहिले, सबैभन्दा कम उमेरमा वर्ल्ड कप फाइनल खेल्ने रेकर्ड ब्राजिलका पेलेको नाममा रेकर्ड छ । सन् १९५८ मा ब्राजिल र स्विडेनबीच भएको वर्ल्ड कपको फाइनलमा पेले १७ वर्ष २४९ दिनका थिए । उक्त खेलमा पेलेको २ गोलको मद्दतले ब्राजिलले स्विडेनलाई ५-२ ले पराजित गरेको थियो ।
यता यामाल युरो कपको इतिहासमा सबैभन्दा कम उमेरमा गोल स्कोर गर्ने खेलाडी बनीसकेका छन् । यसका साथै यामाल बार्सिलोनाबाट सबैभन्दा कम उमेरमा लिग गेम सुरु गर्ने खेलाडी पनि हुन् । उनले १६ वर्ष ३८ दिनमा लिग सुरु गरेका थिए । लालिगामा १६ वर्ष ८७ दिनमा गोल गर्दै यामाल लालिगामा सबैभन्दा कम उमेरमा स्कोर गर्ने खेलाडी पनि बनिसकेका छन् ।
यामालका यी सबै रेकर्ड तोड्न कसैका लागि पनि सहज छैन ।
इक्वेटोरियल गिनीको राजधानी मलाबो द्विपमा यामालकी आमाको जन्म भएको थियो । पछि उनी स्पेन गइन् । त्यहीँ यामालका बाबुसँग उनको भेट भयो । यामालकी आमा अहिले बार्सिलोनामै रहन्छन् । तर, परिवारका केही सदस्यहरू भने इक्वेटोरियल गिनीमै छन् ।
वेनेसियो भन्छन्- हामिले सन् २०२१ मा यामालको परिवारसँग कुराकानी गर्न प्रयास गरेका थियौँ । तर, स्पेनिस फुटबल महासंघसँग उनको सम्बन्ध निकै गहिरो थियो । तर, हामीले प्रयास गरेका थियो । किनकी म उनको परिवारको मित्र पनि थिएँ । खासगरी उनको हजुरबा र पूरा परिवार तथा उनका बालबालिकाका बारेमा कुरा गर्थें ।
वेनेसियो अगाडि भन्छन्- यसका साथै मोरक्कोले पनि यामालसँग कुराकानी गर्ने प्रयास गरेको थियो । तर, स्पेनले हामी सबैलाई पछि पार्यो ।
मोरक्को फुटबल फेडेरेसनका अध्यक्ष फाउजी लेक्जाले पछिल्लो वर्ष यामाललाई ल्याउने आफ्नो प्रयास कसरी असफल भएको थियो भनेर उल्लेख गरेका छन् ।
यद्यपि, यामालको मनमा यी दुई अफ्रिकी देश भने रहेका छन् । त्यसको कारकको रूपमा धेरैले उनको बुटलाई मानेका छन् । उनको बुटमा यी दुवै देशका राष्ट्रिय झण्डाले ठाउँ पाएका छन् ।
वेनेसियो भन्छन्- यसले के देखाउँछ भने भलै उनी स्पेनको तर्फबाट खेलिरहेका छन् । तर, उनले आफ्नो इक्वेटोरियल गिनीको मूललाई भने भुलेका छैनन् । उनी अगाडि भन्छन्- यामालले इक्वेटोरियल गिनीलाई वैश्विक स्तरमा ल्याइरहेका छन् ।
बीबीसीबाट ।