काठमाडौं । बलिउड अभिनेत्री करिना कपुर आफ्नो अभिनय करियरका साथसाथै व्यक्तिगत जीवनलाई लिएर पनि चर्चामा आइरहन्छिन् ।
बलिउडमा करिनाको 'लब लाइफ'को बारेमा समय समयमा चर्चा हुने गरेको छ । शाहिद कपुरसँगको उनको प्रेम सम्बन्धले निकै चर्चा पाएको थियो ।
तर, सन् २००७ मा करिना र शाहिदको ब्रेकअप भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । शाहिदसँगको ब्रेकअपपछि करिनाले सैफ अलि खानसँग विवाह गरिन् ।
बलिउड लाइफका अनुसार सन् २०१२ मा करिना र सैफले विवाह गरेका हुन् । करिनाको यो निर्णयलाई लिएर त्यसबेला कतिपयले आश्चर्य पनि व्यक्त गरेका थिए ।
तर, अहिले करिनाको एउट भिडियो भाइरल भएको छ । जसमा उनले आफ्नो प्रेम प्रसँगका बारेमा र आफ्नो इच्छाका बारेमा खुलेर कुरा गरेकी छन् ।
बलिउड लाइफका अनुसार यो कुरा सन् २००० को हो । जब करिना कपुरलाई सिमी गरेवालको शोमा करिनालाई यसबारेमा प्रश्न गरिएको थियो । त्यसको उनले खुलेर जवाफ दिएकी छन् । सोही भिडियो अहिले भाइरल बनिरहेको हो ।
करिनाले भनेकी छन् कि उनी राहुल गान्धीसँग डेट गर्न चाहन्थिन् । त्यसबेला करिनालाई सोधिएको थियो कि उनी कोसँग डेट गर्न चाहन्छिन् ?
यसको जवाफमा करिनाले राहुल गान्धीको नाम लिएकी हुन् ।
उनले त्यसबेला भनेकी थिइन्- मलाई थाहा छैन कि मैले यो कुरा भन्न मिल्छ कि मिल्दैन । यो कुरा विवादित हुन सक्छ । म उनलाई जान्न चाहन्छु । उनी राहुल गान्धी हुन् । मलाई उनको बारेमा बुझ्न मन छ ।
करिना कपुरको यो पुरानो भिडियो अहिले पुनः चर्चामा आएको छ । त्यतिबेला करिनाको यो प्रतिक्रिया नसुनेकाहरूले अहिले उक्त भिडियो हेरेर आश्चर्य व्यक्त गरेका छन् ।