काठमाडौं । प्रायः सबै मानिसले सपना देख्छन् । मानिसहरूले दैनिक थुप्रै सपना देख्छन्, तर त्यसमध्ये धेरै सपना सम्झँदैनन् । जसका कारण उनीहरूलाई सपना देखेको सम्झना हुँदैन ।
तर, कतिपय सपनाहरू भने मानिसहरूको सम्झनामा रहन्छन् । भनिन्छ सपनाले कुनै न कुनै कुराको संकेत गरेको हुन्छ । तर, सपना देख्ने मानिसहरूको अवस्थाले पनि त्यसलाई प्रभावित बनाएको हुन्छ ।
जस्तो कि बिरामी अवस्थामा, ज्यादा कल्पना गरेर निदाएको अवस्थामा देखिएको सपनाले खासै संकेत नगर्ने जानकारहरू बताउँछन् । तर, सामान्य अवस्थामा देखिएको सपनाले भने केही कुराको संकेत गरेको हुन सक्ने उनीहरूको मत छ ।
हामीले देखेका सपनामध्ये पनि कुनैले शुभ संकेत र कुनैले त्यसको विपरीत संकेत गर्ने जानकारहरू बताउँछन् । सपना कुन समयमा देखिएको छ र कस्तो सयमा देखिएको छ त्यही अनुसार हामीलाई सपनाको फल मिल्ने पनि सपना शास्त्रका जानकारहरू बताउँछन् ।
यदि हामी एकदमै चिन्तामा र दिनभर त्यही कुरा मात्र सोच्छौँ बेलुका त्यही सपनामा देख्छौँ भने त्यो सपनाको कुनै अर्थ नहुने उनीहरूको मत छ । यदि हामीले अकस्मात सोच्दै नसोचेको कुरा सपनामा देख्छौँ भने त्यो सयमा अनुसार फल मिल्ने उनीहरूको तर्क छ ।
आज हामी सपनामा मकै देख्दा के हुन्छ भन्ने बारेमा जानकारहरूको विश्लेषणबारे जानकारी दिन गइरहेका छौँ । सपनामा मकै देख्नुलाई शुभ मानिने उनीहरूको भनाइ छ ।
यसले प्रजनन क्षमताको पनि विकास भइरहेको पनि जनाउने गर्दछ । यदि तपाईले सपनामा मकै खाएको देख्नुभयो भने त्यसले तपाईंको आफ्नो धारणा, आफ्नो गल्ती तथा धनसम्पत्तिको बारेमा जानकारी दिन्छ ।
तपाईंले मकै स्वादलिँदै खानुभएको छ र मिठो लागेको छ भने यसले आउने सयमामा खुसी रहने जनाउने विश्वास छ । यसले तपाईंको धन सही ठाउँमा खर्च भइरहेको संकेत गर्ने पनि कतिपयको विश्वास छ ।
पाकेको मकै देख्नु पनि एक राम्रो शुभ सपना मान्ने गरिन्छ । यस सपानाले तपाईले आफ्नो लागि जे खर्च गर्दै हुनुन्छ त्यसबाट तपाईलाई खुसी मिल्ने देखिन्छ । प्राप्त हुने धनको सहि दिशामा खर्च गरी जसले आफूलाई खुसि र सफलताको अनुभव हुने गर्छ ।
मकैको खेती लगाएको सपना देख्दै हुनुन्छ यसले तपाईंलाई सफलताको नजिक र छिटै सफलता मिल्नेवाला छ भन्ने जनाउँछ । तपाईले धेरै लामो र कठिन समयसगै गरेको मेहनतको सफलता मिल्ने संकेत जनाउँछ ।
यदि तपाईले मकैको ठूला ठूला मकैकोबोट देख्नुहुन्छ भने यो पनि सफलता संकेत गर्दछ । धन प्राप्ति हुने संकेत गर्छ ।
सपनामा कुहेका,गलेका, खान अयोग्य मकै देख्नु भने अशुभ मान्ने जानकारहरू बताउँछन् ।