काठमाडौं । बागमती प्रदेशसभामा नेपाली कांग्रेसको संसदीय दलमा मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध अविश्वासको प्रस्ताव आएपछि राजनीति गर्माएको छ ।
प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलमा ३७ जना सांसद छन् । त्यसमध्ये लामाविरुद्ध परेको अविश्वासको प्रस्तावको पक्षमा २२ जना सांसद उभिए । उनको पक्षमा १५ जना सांसद मात्र उभिएपछि लामाले संसदीय दलमा विश्वास गुमाएका छन् ।
यससँगै अब लामाले बागमती प्रदेशमा कांग्रेस संसदीय दलको नेताको हैसियत गुमाएका छन् । यससँगे अब नेपाली कांग्रेसले पुनः संसदीय दलको नेता चयन गर्नेछ ।
त्यसो हुँदा बागमती प्रदेशको मुख्यमन्त्री पनि परिवर्तन हुन सक्छ । पछिल्लो समय सत्ता गठबन्धनमा रहेका दलहरूबीच प्रदेश सरकारको नेतृत्व भागवण्डाको विषयमा छलफल भइरहेको छ ।
स्रोतहरूका अनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेले दाबी गरिरहेको छ । अनि नेपाली कांग्रेसले भने मधेश प्रदेशमा सरकारको नेतृत्व गर्ने गरी नेताहरूबीचमा छलफल चलेको बताइएको छ ।
यो भनेको लामा नेतृत्वको सरकार ढलेमा बागमती प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गुमाउन सक्ने सम्भावना पनि हुन सक्छ । यति मात्र नभएर यी दुई दलबीच पुनः कांग्रेसलाई नै बागमती प्रदेश सरकारको नेतृत्व दिन सक्ने सम्भावना पनि रहने कुरालाई नकार्न सकिँदैन ।
यसअघि लामाविरुद्ध नेपाली कांग्रेसका २१ जना सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । मंगलबार थप एक जना थपिएपछि यो संख्या २२ पुगेको हो ।
मंगलबार श्याम खड्काले मन्त्री पदबाट राजीनामा दिएर लामाको विपक्षमा उभिएका हुन् ।
यी हुन् लामाको विपक्षमा उभिने सांसदहरूः
१. इन्द्रबहादुर बानियाँ
२.शिवराज अधिकारी
३.कञ्चनचन्द्र वादे
४.दिपेन्द्र श्रेष्ठ
५.पुकार महर्जन
६.बिनु रायमाझी पौडेल
७.यमुना देवी श्रेष्ठ
८.उर्मिला नेपाल केसी
९. शान्ता ढकाल
१०. प्रभात तमाङ
११. छिरीङ्ग दोर्जे लामा
१२. मीना पराजुली
१३. याङ्किला शेर्पा
१४. मीनकृष्ण महर्जन
१५. बिमल ठकुरी
१६. मदुकुमार श्रेष्ठ
१७. सुरजचन्द्र लामिछाने
१८. सुरेश श्रेष्ठ
१९. श्रीराम लामिछाने
२०. सुना परियार
२१. श्यामबहादुर खड्का
२२. कृष्णबहादुर तामाङ
लामाको पक्षमा उभिने सांसदहरूः
१. बहादुरसिंह लामा तामाङ
२. कुन्दनराज काफ्ले
३. उत्तम जोशी
४. लक्ष्मी श्रेष्ठ
५. रमेशकुमार महत
६. हरिप्रभा खड्गी
७. रामकुमार पहाडी
८. छेत्रबहादुर बम्जन
९. गीता गुरूङ
१०. मसिना खड्का
११. तीर्थ लामा
१२. रामकृष्ण चित्रकार
१३. माया श्रेष्ठ
१४. गोविन्द लम्साल
१५. समिता खड्गी