काठमाडौं । एक दिन कुनै एक युवालाई सफलताको रहस्य जान्ने उत्सुकता बढेछ । अनि उ सुकरात भएको ठाउँमा गएछ ।
त्यसबेला सुकरात दार्शनिक हुन् र अध्ययनशील छन् भन्ने कुराको निकै नै प्रचार भइसकेको थियो । सुकरात निकै विद्वान् व्यक्ति हुन् भन्ने स्थापित पनि भइसकेको थियो ।
सुकरातलाई भेटेपछि ती युवाले सोधेछन्- सफलता भनेको के हो ? के गर्यो भने सफलता पाउन सकिन्छ ?
युवकको यस्तो प्रश्न सुनेपछि सुकरातले तत्काल यसको जवाफ दिएनन् । बरु भोलि नदी किनारमा भेट्न भने ।
सुकारतको यस्तो जवाफ पाएपछि ती युवक फर्किए । तर, उनलाई आफ्नो प्रश्नको उत्तर पाउन निकै उत्सुकता थियो । त्यसैले भोलिपल्ट उनी सुकरातलाई भेट्न नदी किनारमा पुगे ।
नदी किनारमा हिँडीरहेका बेला सुकरातले ती युवकलाई टाउकोमा समातेर नदीमा न्याँकिदिए ।
केही समयपछि सुकरातले ती युवकको टाउको नदीबाट निकाले । अनि सोधे- तिमीलाई पानीभित्र रहेको बेला सबैभन्दा बढी के कुराको याद आयो ?
ती युवकको जवाफ थियो- सास फेर्न ।
अनि सुकरातले ती युवकलाई भने उनी जुन कुराको उत्तर खोज्न आएका थिए, त्यो त्यही कुरा थियो ।
सुकरातले भने- यदि व्यक्ति कुनै पनि कुरालाई आफ्नो सास फेर्ने जत्तिकै लगावका साथ गर्न चाहन्छ र उक्त कुरा पाउन हरसम्भव प्रयास गर्छ भन् त्यो नै सफलताको सूत्र हो ।
यसबाट सुकरातले ती युवकलाई दुई कुराको ज्ञान दिए । पहिलो हो- सफलताको कुनै सर्टकर्ट हुँदैन । र हामी कुनै पनि कुरामा कति दृढताका साथ लागेका छौँ भन्ने कुरामा निर्भर हुन्छ ।
अनि दोस्रो हो- सफलता पाउनका लागि हरसम्भव प्रयास गर्नुपर्छ । निरन्तर रूपमा लागिरहनुपर्छ र बारम्बार प्रयास गरिरहनुपर्छ ।
यस्तै प्रेरक प्रसंगका सामग्रीहरू पढ्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुस् ।