काठमाडौं । दार्चुला पावर लिमिटेडले सर्वसाधारणहरुका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत अर्थात १०० रुपैयाँ अंकित दरका कित्ता साधारण शेयर सर्वसाधारणहरूमा जारी गर्न लागेको हो ।
कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा दार्चुला पावर लिमिटेडको तर्फबाट अध्यक्ष सतिस न्यौपाने तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
दार्चुला पावर लिमिटेडको स्थापना जलविद्युत् आयोजना विकास तथा सञ्चालनको लागि गरिएको कम्पनी हो, जसको प्रमुख उद्देश्य राष्ट्रिय प्रसारण लाइन (National Grid) मा विद्युत उत्पादन गरी आपूर्ति गर्नु हो ।
कम्पनीले हाल २८.३०४ मेगावाट को मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजना चमेलिया खोलामा आधारित रन–अफ–रिभर (Run-off-River) प्रकारको आयोजना हो, जुन दार्चुला जिल्लाको मार्मा गाउँपालिकामा अवस्थित छ ।
उक्त आयोजनाको निर्माण कार्यहरू द्रूत गतिमा अगाडि बढेको कम्पनिले जनाएको छ । आगामी डेढ वर्षमा निर्माण कार्य सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइन (National Grid) मा जोड्ने लक्ष्य कम्पनीको रहेको जानकारी गराएको छ ।
यस कम्पनीको प्रमुख प्रवर्द्धक तथा लगानीकर्ता अपि पावर कम्पनी लिमिटेड हो । दार्चुला पावर लिमिटेडमा अपि पावर कम्पनी लिमिटेडको प्रमुख शेयर स्वामित्व रहने गरी लगानी गरेको छ ।