काठमाडौं । तीन लघुवित्त वित्तीय संस्थासहित चार कम्पनीको संस्थापक शेयर बिक्रिका लागि राखिएको छ ।
बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार ती कम्पनीहरूको संस्थापक शेयर किन्न इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघसंस्थाहरूले आवेदन दिन सक्नेछन् ।
सो शेयर किन्नका लागि भदौ ४ गतेदेखि भदौ २४ गतेसम्म आवेदन दिन पाउने समयावधि तोकिएको छ ।
मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको १ लाख ७२ हजार ३७२ कित्ता संस्थापक शेयर बिक्रिका लागि राखिएको छ । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ । सो शेयरमा न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।
त्यस्तै स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको ८४ हजार ६५ कित्ता संस्थापक शेयर पनि बिक्रिका लागि राखिएको छ । उक्त शेयर किन्नका लागि न्यूनतम मूल्य ३७५ रुपैयाँ तोकिएको छ । यसमा पनि कम्तीमा छ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
त्यस्तै कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ हजार ९६८ कित्ता संस्थापक शेयर पनि बिक्रिका लागि राखिएको छ । कम्पनीले सो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३३० रुपैयाँ तोकेको छ । उक्त शेयर किन्नका लागि न्यूनतम १ हजार कित्ताको आवेदन दिनुपर्नेछ ।
त्यस्तै नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको १ हजार ३१५ कित्ता संस्थापक शेयर पनि बिक्रिका लागि राखिएको छ । न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको उक्त शेयर किन्नका लागि न्यूनतम १ हजार ३१५ कित्तामा आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।
उक्त शेयर किन्नका लागि बोलपत्र पाइने र बुझाउने स्थान मुक्तिनाथ क्यापि६ल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौं रहेको सूचनामा उल्लेख छ ।
