काठमाडौं । झापा इनर्जी लिमिटेडले सर्वसाधारणहरूलाई जारी गरेको आईपीओमा आवेदन दिने समय आज सकिँदै छ । आज बैंकिङ समयसम्म इच्छुक लगानीकर्ताले यो आईपीओमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले आफ्नो जारी पूँजी रु.३८,०१,९०,०००/- बराबरको रु.१००/- अंकित दरको ३८,०१,९०० कित्ता आईपीओ जारी गरेको हो । त्यसमध्ये १०% अर्थात रु. ३,८०,१९,०००/- रकम बराबरको रु.१००/- अंकित दरको ३,८०, १९० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरिएको थियो ।
त्यस्तै जारी पुँजीको १५% अर्थात रु.५,७०, २८,५००/- रकम बराबरको रु. १००/- अंकित दरको ५,७०, २८५ कित्ता साधारण शेयरको १०% अर्थात ५७,०२९ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरी रहेका नेपालीहरूलाई बाँडफाँड गरिसकेको छ ।
त्यस्तै ५% अर्थात २८,५१४ कित्ता साधारण शेयर सामूहिक लगानी कोष र २% अर्थात ११, ४०६ कित्ता साधारण शेयर कम्पनीका कर्मचारीका लागि छुट्टाइएको छ ।
त्यसपछि बाँकी रहेको ४,७३,३३६ कित्ता साधारण शेयरहरू कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।