काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले वेस्ट इन्डिजसँगको सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ । रोहित कुमार पौडेल कप्तान र दिपेन्द्रसिंह ऐरी उपकप्तानसहित नेपाली टोलीको घोषणा गरिएको हो ।
यो स्क्वाडसँगै मोहम्मद आदिल आलामले राष्ट्रिय टिममा कमब्याक गरेका छन् । म्याच फिक्सिङको आरोपमा लामो समय टिमबाहिर रहेका आदिलले त्यसबाट उन्मुक्ति पाएसँगै राष्ट्रिय टिममा कमब्याक गरेका हुन् ।
यस्तो छ नेपाली टिमः
रोहित पौडेल कप्तान, दिपेन्द्रसिंह ऐरी (उपकप्तान), आशिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, मोहम्मद आदिल आलम, आरिफ शेख, सन्दिप जोरा, करण केसी, नन्दन यादव, गुल्शन झा, ललित नारायण राजवंशी, सोमपाल कामी, शहाब आलम ।
वेस्टइन्डिजसँग नेपालले यही सेप्टेम्बर २७, २९ र ३० मा यूएईमा तीन खेलको सिरिज खेल्दै छ ।
