काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले यही असोज १ गतेदेखि पहिलो चरणको आईपीओ जारी गर्ने भएको छ । कम्पनीले यसअघी यही भदौ २९ गतेदेखि पहिलो चरणको आईपीओ जारी गर्ने भनेको थियो ।
तर, जेनजी आन्दोलनका कारण पहिलो चरणको आईपीओ निष्कासन रोकिएको थियो । आन्दोलन सकिएर जनजीवन सामान्य बन्दै गएपछि कम्पनीले असोज ७ गतेदेखि पहिलो चरणको आईपीओ जारी गर्ने भएको हो ।
कम्पनीले जारी गर्ने पहिलो चरणको आईपीओमा उद्योग प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारिमा रहेका नेपालीहरूले आवेदन दिन पाउनेछन् ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई कुल जारी पुँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशतले हुन आउने ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको आईपीओ जारी गर्ने अनुमति दिएको थियो । कम्पनीले उक्त मूल्य बराबरको १०० रुपैयाँ अंकित दरमा ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर जारी गर्न लागेको हो ।
कम्पनीले उक्त शेयरमध्ये उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि २ लाख ६१ हजार ६२९ कित्ता शेयर छुट्याएको छ । यो शेयरमा चितवनको रत्ननगर नगरपालिकाका सबै वडाका स्थानीयले आवेदन दिन पाउनेछन् ।
त्यस्तै ४ लाख ९७ हजार ९२ कित्ता भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले प्रकृया पुर्याएर आवेदन दिन सक्नेछन् । त्यस्तै १ लाख ४९ हजार १२७ कित्ता कम्पनीका कर्मचारीहरूका लागि र २ लाख ४८ हजार ५४६ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
कम्पनीका अनुसार पहिलो चरणको आईपीओ बाँडफाँट भइसकेपछि दोस्रो चरणको आईपीओ खुल्नेछ । यो आईपीओमा न्युनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।