काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा नेपालले विजयी सुरुवात गरेको छ ।
गए राति भएको खेलमा नेपालले कुवेतविरुद्ध ५८ रनको जित हासिल गरेको हो । सुरुवाति ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको कुवेत १८.१ ओभरमा ८३ रन बनाउँदै अलआउट भयो । यससँगै नेपाल ५८ रनले विजयी भयो ।
बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले समूह चरणमा अब जापानको सामना गर्नेछ ।
लिगमा तीन समूह बनाइएको छ । जसमध्ये ६ टोली सुपर सिक्समा पुग्नेछन् । त्यसमध्ये शीर्ष तीनमा पर्ने टोलीले अर्को वर्ष हुने टी २० विश्वकप खेल्न पाउनेछन् ।
नेपाल क्रिकेट संघ क्यानले यो प्रतियोगिताका लागि १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ ।
क्यानले वेस्ट इन्डिजसँगको शृङ्खला खेल्न यूएई गएको १६ सदस्यीय टोलीबाट १५ सदस्यीय टोली घोषणा गरेको हो । सो टोलीबाट साहब आलम बाहिरिएका छन् ।
क्यानका अनुसार साहब आलम ट्राभलिङ रिजर्भ अर्थात् वैकल्पिक खेलाडीका रूपमा रहनेछन् ।
नेपाली टोलीमा रोहित कुमार पौडेल (कप्तान) र दीपेन्द्र सिंह ऐरी (उपकप्तान) रहनेछन् । त्यस्तै कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी नेपाली टोलीमा रहनेछन् ।