काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेडको अवितरित हकप्रद शेयर आजदेखि लिलामीमा आएको छ । कम्पनीले सर्वसाधारण समूहको ८ लाख ६५ हजार ८४५ कित्ता शेयर लिलामीमा राखेको हो ।
यो शेयर खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले आजदेखि कात्तिक २७ गते बिहीबारसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले उक्त शेयर खरिद गर्न चाहनेहरूबाट शिलबन्दी बोलपत्र आह्वान गरेको छ भन् न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ ।
कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेडलाई तोकेको छ । सिटिजन्स क्यापिटलको डिल्लीबजारमा रहेको कार्यालयमा बोलपत्र पाइने र बुझाउन सकिने जनाइएको छ ।
त्यस्तै सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका शाखा कार्यालयहरू कुमारीपाटी, ठिमी, इटहरी, विराटनगर, विर्तामोड, वीरगञ्ज, सुर्खेत, जनकपुर, नेपालगञ्ज, नारायणगढ, धनगढी, पोखरा, यबुटवल र हेटौँडामा पनि बोलपत्र आवेदन फारम पाइने र बुझाउन सकिने स्थान तोकिएको छ ।