काठमाडाैं । समसामयिक साहित्यको क्षेत्रमा एक नवीनतम र समाज लगाएत विभिन्न क्षेत्रका मानिसहरूको संङ्घर्ष बोकेको पुस्तक हो 'रूखहरूको मृत्यु' । यस पुस्तकका लेखक हुन प्रशान्त शर्मा ।
शर्माको जन्म भैरहवा, रुपन्देही मा भएको हो । हाल उनी भक्तपुरमा बस्दै आएका छन् ।
लेखक शर्मा पत्रकारितामा स्नातक तह अध्ययनरत छन् । उनको पहिलो कृति हो 'रूखहरूको मृत्यु' ।
आफ्नो पुस्तकका सम्बन्धमा शर्मा यस्तो धारणा राख्दछन्,
मेरो पहिलो कृति हो, 'रुखहरुको मृत्यु' । एउटा सामान्य व्यक्ति, जो जीवनका अनेकौं आयाममा बाँचिरहेको हुन्छ, उसको कथा हो, उपन्यास 'रुखहरुको मृत्यु' ।
एक व्यक्तिले गर्ने सामन्य प्रेमसँगै सम्वन्धहरुको घन्चक्करमा अल्झिएको उसको जीवनको एउटा कालखण्ड समग्रमा प्रेमको वरिपरि घुमेर लेखिएको एउटा पेशावरको कथा, एउटा पत्रकारको कथा, एउटा जागिरेको कथा, त्यो समयको कठपुतलीको कथा र सबैभन्दा माथि प्रेमले लतपत्तिएको एक व्यक्तिको जीवनको कथा हो ।
युवा साहित्यकार शर्माको प्रथम तथा नवीनतम कृति हो 'रूखहरूको मृत्यु' हाल यस पुस्तक बजारमा नआउँदा नआउँदै पनि यत्रतत्र चर्चा भईरहेको सुनिन्छ ।
प्रकाशन हुनुअघि नै निकै चर्चामा रहेको उपन्यास दशै अघि नै बजारमा ल्याउने प्रकाशकको दावी भए ता पनि कोरोनाको कारणले दशै पछि मात्र बजारमा आउने तयारी भईरहेको छ ।
उपन्यासको प्रतिक्षामा रहनु भएका पाठकहरूका लागि पुस्तक भित्रको केही अनुच्छेद अच्युत घिमिरे 'वुलवुल' को स्वरमा प्रोमो स्वरूप सार्वजनिक गरिएको छ ।
यस पुस्तकको कभर डिजाइन किशोर ज्योति ले गरेका हुन् भने पुस्तकको प्रकाशक एडीबी पब्लिकेसन्स, डिल्लिबजार,काठमाडौले गरेको हो । यस पुस्तकको प्रमुख वितरक बुलबुल पब्लिकेसन्स रहेको छ ।
पुस्तकको मूल्य रू ३५० तोकिएको छ । पुस्तक दशैंपछि बजारमा पठाउने जानकारि पब्लिकेसन ले गराएको छ ।