काठमाडौं । कलाकार विजय यादव 'निर्विज' र सरिता साह अभिनित गीत 'मैरेज करव' को सुटिङ सम्पन भएको छ । काठमाडौंको चोभारमा उक्त गीतको सुटिङ गरिएको हो ।
गीतमा सेलिना कुँवर र विजय यादव निर्विजको स्वार रहेको छ । भोजपुरी गिति एल्वम ‘मैरेज करब’ केही हप्ताभित्रै श्रोतामाझ आउने कलाकार यादवले जानकारी दिएका छन् ।
नेपालको तराई मधेस, भारतको विहार, उत्तर प्रदेश, झारखण्डका साथै मरिसस लगायतका ठाउँमा भोजपुरी गीत, संगित, फिल्मको प्रभाव छ । नेपाली कलाकारहरूद्वारा कलाकारिता प्रस्तुत भएका भोजपुरी भाषाका सांगितिक सामग्रीहरूले पछिल्लो समय राम्रै चर्चा पाउँदै आएका छन् ।
कलाकार यादवका अनुसार गीतको सम्पूर्ण काम भारतको मुम्बईमा भएको हो ।
केही महिनापहिला टि—सिरिजद्वारा निर्विज प्रोडक्सनको पहिलो गिति एल्वमको पहिलो गित ‘रुपवा सलोना’ सार्वजनिक गरिएको थियो । सो गीतलाई स्रोता दर्शकले रूचाएको निर्माण पक्षले जानकारी दिएको छ ।
साथै 'मैरेज करव' लाई पनि स्रोता तथा दर्शकबाट उत्तिकै माया पाउने अपेक्षा निर्माण पक्षको छ । निर्विज प्रोडक्सनका सिईओ रचना सिवाकोटी आगामी गीतले अझ धेरै चर्चा पाउने बताउँछिन् ।
गीतमा शब्द आजाद सिंहको छ भने संतोष राजले संगित भरेका छन् ।
अजय कुमार को निर्देशन रहेको रामशरण उप्रेतीले खिचेका हुन् । त्यस्तै अर्जुन बीसीले नृत्य निर्देशन गरेका हुन् ।
निर्विज प्रोडक्सन का सिइओ सिवाकोटीले पहिलो पटक सहायक निर्देशकको रूपमा काम गरेकी छिन् । गीतको प्रोडक्सन मेनेजर मदन श्रेष्ठ हुन् । गीतको रिलिज कुन माध्यम गर्ने भन्ने विषय यकिन भयनसकेको भए पनि चाँडै नै टुंग्याइने कलाकार यादवले जानकारी दिएका छन् ।