भेट्ने चाहना भए सडक, जामको के कुरा भो ?
थर आखिर हुन्छ एउटै, नामको के कुरा भो ?
मध्याह्नको समयदेखि साझँसम्म कुराएर
आफैँ चन्द्रमा आउने भए, घामको के कुरा भो ?
प्रकृतिको धनी देशमा हावापानी भनेजस्तो
हिमाल पहाड तराईका, ठामको के कुरा भो ?
राम्रो गर्दा खुट्टा तान्ने हजार भेटिन्छन् यहाँ
सहि निर्णय आफैँ गरेमा, आमको के कुरा भो ?
अभाव र दबाब छिचोल्दै, गन्तव्यमा पुग्नलाई
पस्यौं शहर खोज्दै भविश्य, कामको के कुरा भो ?
सीताको रूप धारण गर्दा रावण भेट्यो भने
हुन्छ प्रज्वल स्वयम् अगाडि, रामको के कुरा भो ?
- लिखु तामाकोसी गाउँपालिका-२, रामेछाप (हाल, काठमाडौं)