काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार ढकालले आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएका हुन् । ढकालको प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोशियट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दिएका छन् ।
यसैगरी केन्द्रीय सदस्यमा हेमराज ढकाल, कमला श्रेष्ठ, आकास अधिकारी, जय सिबाकोटी, सुबास भण्डारी, प्रकाश सिंह कार्की, भक्त हमाल, सुबोध कुमार गुप्ता, सुमित केडिया, रबिन कुमार श्रेष्ठ, नरेशलाल श्रेष्ठले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
आगामि मंसिर ११, १२ र १३ गते काठमाडौंमा महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन हुँदैछ । यसअघि भइसक्नुपर्ने महासंघको साधारणसभा तथा निर्वाचन कोरोना भाइरस संक्रममण (कोभिड–१९) तथा लकडाउनका कारण स्थगित भएको थियो ।
उम्मेदवारी दर्ता गराएपछि ढकालले कोभिड–१९ र अन्य विभिन्न कारणबाट उत्पन्न व्यवसायिक समस्या समाधान र मुलुकको आर्थिक सम्मृद्धिमा सशक्त निजी क्षेत्रको खाँचो रहेकोले आफूले उम्मेदवारी दिएको बताएका छन् ।
अहिलेको जटिल परिस्थिथिमा महासंघमा सशक्त र डाइनामिक नेतृत्वको आवश्यकता रहेको भन्दै उनले आफ्नो समूहले मात्र अहिलेको समय र परिस्थिति अनुकूल नेतृत्व दिनसक्ने जिकिर गरे ।