काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको परिणाम सार्वजनिक भएको छ । प्यानल नै खडा गरेर भएको निर्वाचनमा मिश्रित परिणाम प्राप्त भएको छ ।
वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन् भने उनको प्यानलबाट एसोसिएट तर्फको उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित भएका छन् ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा पराजित भएका किशोर प्रधान समूहबाट भने बस्तुगत र जिल्लानगर उपाध्यक्षमा क्रमश अन्जन श्रेष्ठ र दिनेश श्रेष्ठ निर्वाचित भएका छन् ।
जिल्लानगर तर्फको केन्द्रिय कार्यसमिति सदस्यमा किशोर प्रधानको प्यानल दुई तिहाईले विजयी भएको छ । कार्यसमिति सदस्यमा निर्वाचित हुने १८ जनामा प्रधान समुहबाट १२ र चन्द्र ढकाल समुहबाट ६ जना रहेका छन् ।
महासंघको बस्तुगत तर्फको उपाध्यक्षमा किशोर प्रधान प्यानलका अन्जन श्रेष्ठ बिजयी भएका छन् ।
बस्तुगत तर्फबाट कार्य समिति सदस्यमा ढकाल र प्रधान प्यानलबाट समान ७/७ जना निर्वाचित भएका छन् । निर्वाचित १४ जना मध्ये आकाश अधिकारी, नरेश लाल श्रेष्ठ, प्रकाश सिंह कार्की, भक्त बहादुर हमाल, सुबोध कुमार गुप्ता, सुमित कुमार केडिया र हेमराज ढकाल वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल समूहका हुन् ।
त्यस्तै अरनिको राजभण्डारी, गोबिन्द ढुंगेल, मनिष लाल प्रधान, मीनमान श्रेष्ठ, विष्णु प्रसाद गैरे, शिव प्रसाद घिमिरे, सन्दिप कुमार अग्रवाल र सुकुन्तलाल हिराचन वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान समूहका हुन ।
एसोसिएट तर्फको उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित भएका छन् । संघाई प्रतिद्वन्द्वी सौरभ ज्योतिलाई पारजित गर्दै महासंघको एसोसिएट तर्फको उपाध्यक्षमा निर्वाचित भएका हुन ।
एसोसिएट तर्फबाट कार्य समिति सदस्यमा निर्वाचित हुनेहरुमा मिश्रित नतिजा आएको छ । निर्वाचित हुनेहरुमा ढकाल समूहबाट ८ जना रहेका छन् भने बाँकी किशोर प्रधान प्यानलबाट छन् ।
एसोसिएट तर्फबाट कार्यसमिति सदस्यमा निर्वाचित हुनेहरुमा अविनाश बोहोरा, आनन्दकुमार अग्रवाल, कृष्णलाल महर्जन, गोपाल खनाल, ज्योत्सना श्रेष्ठ, देशबन्धु बस्नेत, प्रवलजंग पाण्डे, भरतराज आचार्य, रञ्जितराज आचार्य, राजशेकुमार अग्रवाल, विजयसिंह वैद्य, शक्तिकुमार बेगानी, शाहिल अग्रवाल, शैलेन्द्र गुरागाई, सुशील थापा, सञ्जय गिरी र हेमन्त गोल्छा रहेका छन् ।
प्रदेशतर्फको केन्द्रिय कार्यकारिणी सदस्यमा प्रधान समुहबाट ४ जना र १ जना ढकाल प्यानलबाट निर्वाचित भएका छन् । निर्वाचित भएकाहरुमा प्रदेश २ का विजयकुमार शाह शाह, गण्डकी प्रदेशका बाबुराम गिरि, प्रदेश ६ का लालिमान बुढा र प्रदेश ७ का पुष्पराज कुमार किशोर प्रधानका समूहका हुन् भने प्रदेश ५ बाट निर्वाचित जम्सेर मियाँ ढकाल समूहका हुन् ।
प्रदेश १ बाट यस पदमा यसअघि नै राजेन्द्र राउत निर्विरोध भइसकेका छन् । वागमती प्रदेशको मतगणना हुन बाँकी छ ।