हामीले दैनिक जीवनमा भोग्दै आएका कतिपय कुराले हामीलाई प्रेरणा दिने गर्छन् । महान् व्यक्तिहरूका भनाइ त झन् कहिलेकाहीँ मान्छेका लागि शक्ति साबित हुने गरेका छन् ।
संसारमा कहलिएका कैयन् महान् व्यक्तिका भनाइहरू विश्वचर्चित छन् । तीमध्ये केही भनाइहरूलाई आज हामीले प्रस्तुत गरेका छन् । ती भनाइहरूले तपाईंलाई प्रभावित पर्न सक्छन्:
१. मलाई आफ्नो प्रशिक्षण जति नै कष्टकर लागेता पनि म आफैँलाई सम्झाइरहन्थे, ‘हरेश नखा, अहिले दुःख गर र पछि च्याम्पियन भएर आरामको जिन्दगी बाँच् ।’ – मुहम्मद अली
२. भविष्यवाणी गर्ने सही तरिका यसलाई निर्माण गर्नु हो । – फोरेस्ट सकली
३. सफलता कार्यसँग जोडिएको छ, सफल व्यक्तिहरू सधै कार्यरत् हुन्छन् । उनीहरूले थुप्रै गल्ती गर्छन् तर पछि हट्दैनन् ।
४. सपना देख्नेहरू नै संसारको रक्षक हुन् । – जेम्स आलेन
५. भविष्य तिनीहरूको पक्षमा हुन्छ जसले आफ्नो सपनाको सुन्दरतामा विश्वास गर्दछन् । – इलेनोर रूजवेल्ट
६. अझै कुनै ढिला भएको छैन त्यसका लागि जो तिमी बन्न सक्थ्यौ । – जर्ज इलिएट
७. असफलता त्यो अवसर हो जसले अझै सच्चिएर अघि बढ्ने मौका दिन्छ । – हेनरी फोर्ड
८. मात्र ठूलो मान्छे बन्न नखोज बरू असल मान्छे बन्ने प्रयाश गर । – अल्बर्ट आइन्स्टाइन
९. मस्तिष्क नै त्यो भूमि हो जसले स्वर्गलाई नरक र नरकलाई स्वर्ग बनाउन सक्दछ । – जोन मिल्टन
१०. संसारमा महान् घट्नाहरू तब घटे जब कसैले जस्तोसुकै परिस्थितिमा पनि हिम्मत नहार्ने फैसला गर्यो । – स्प्राइट लोरियानो