काठमाडौं । गौतम बुद्धलाई विश्व शान्तिका प्रणेता मानिन्छ । उनले मान्छेलाई सांशारिक मोह र तनावबाट ब्युँझाउन विभिन्न उपदेशमार्फत सन्देश दिएका छन् ।
गौतम बुद्धलाई बुद्ध धर्मका प्रणेता हुन् । बोधि अर्थात् अन्तिम सत्यको साक्षात्कार गरेको हुनाले उनलाई बुद्ध भनिएको हो । उनले राजकुमार भएर पनि राज्यको सुख सयल त्यागेर जप, तप र साधनाको लागि हिँडे ।
उनै बुद्धका २० भनाइहरू आज यहाँ प्रस्तुत गरिएको छ । आशा छ यसले तपाईंको जीवन परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।
१. लक्ष्यमा पुग्नुभन्दा जरुरी भनेको राम्रोसँग यात्रा गर्नु हो ।
२. शरीरलाई स्वस्थ राख्नु हाम्रो कर्तव्य हो किनभने शरीर स्वस्थ नभए हाम्रो मन स्पष्ट र मजबुत हुँदैन ।
३. शान्ति मन भित्रैबाट आउँछ, बाहिर नखोज्नुहोस् ।
४. यदि तिमीले आफूलाई सच्चा प्रेम गर्छौ भने तिमीले कहिल्यै अरूलाई चोट दिन सक्दैनौ ।
५. खुसी आफूसित धेरै हुनुमा होइन बाँड्नुमा धेरै खुसी मिल्ने गर्छ ।
६. जसले अर्काको ईष्या गर्छ त्यसले मनको शान्ति पाउँदैन ।
७. एक जग पानी थोपा–थोपा मिलेर भरिन्छ ।
८. अरूको बाटो उज्यालो बनाएपछि मात्र तपाईंको पनि बाटो उज्यालो हुन्छ ।
९. प्रयोग नगरुन्जेलसम्म तपाईंले बोलेका, सिकेका र पढेका वाक्य बेकार हुन्छन् ।
१०. जुन बेला तपाईंले सबै सहयोग अस्वीकार गर्नुहुन्छ त्यो बेला तपाईं मुक्त बन्नुहुन्छ ।
११. रिस पालेर राख्नु भनेको विष पिएर अरू मर्ने आश गर्नु हो ।
१२. भूतकाल बितिसक्यो, भविष्य अझै आएको छैन,तिमीसँग जिउनको लागि मात्र एक क्षण छ ।
१३. तपाईंले बाटो परिवर्तन गर्नुभएन भने त्यहीँ पुग्नुहुन्छ जहाँ तपाईं गइरहनु भएको छ ।
१४. हरेक मानिस आफ्नो रोग र स्वास्थ्यको रचना आफैँले गर्छ ।
१५. राम्रो भुक्दैमा कुकुर राम्रो मानिन्न र राम्रो बोल्दैमा मानिस राम्रो कहलिँदैन ।
१६. जो मूर्ख साचो धर्म जान्दैन त्यसका लागि जीवन लामो हुन्छ ।
१७. आफैँलाई जित्नु अरूलाई जित्नुभन्दा ठूलो काम हो ।
१८. हामी जे सोच्छौँ त्यही बन्छौँ ।
१९. सबै भन्दा अँध्यारो रात अज्ञानता हो ।
२०. खोक्रा शब्दहरू भन्दा शान्ति दिने एक शब्द नै उत्तम हुन्छ ।