चाणक्य नीतिलाई आज पनि उत्तिकै महत्त्वका साथ हेरिन्छ । चाणक्यले आफ्नो नीति ग्रन्थमा जीवनमा सफलता प्राप्त गर्न चाहनेले केही उपयोगी कुरा उल्लेख गरेका छन् ।
आचार्य चाणक्यका अनुसार अधिकांश यी कुराहरूको अनदेखा गर्छन् । जसका कारण उनीहरूले कठिनाइको सामना गर्नुपर्छ । यी ६ कुरालाई ध्यानमा राखे जीवनमा सफलता प्राप्त गर्न सकिन्छ । त्यसो गरे विवाद तथा धनको क्षति हुनबाट बचाउन सकिन्छ । त्यस्तै पारिवारिक सुख पनि प्राप्त गर्न सकिन्छ ।
आज हामी चाणक्यले उल्लेख गरेका तीनै ६ कुराहरूको चर्चा गर्नेछौँ ।
चाणक्य नीतिका अनुसार कुनै पनि कामको सफलताका लागि ६ सवालहरूको जवाफ जान्नु आवश्यक हुन्छ । समझदार व्यक्ति यी ६ कुरालाई ध्यानमा राखेर काम गर्ने गर्दछन् ।
आचार्य चाणक्यका अनुसार समझदार र सफल हुन चाहने व्यक्तिलाई हमेशा यो प्रश्नको जवाफ थाहा हुनु आवश्यक छ । समझदार व्यक्तिलाई वर्तमान समय कस्तो चलिरहेको छ । अहिले सुखको या दुःखको समय हो भन्ने कुराको जानकारी हुनु आवश्यक छ । यही आधारमा काम गर्नु आवश्यक हुन्छ ।
त्यस्तै जीवनमा सफल हुन चाहनेले यो कुराको जानकारी राख्नु आवश्यक हुन्छ कि आफ्नो वास्तविक मित्र को हो र मित्रको आवरणमा छिपेको सत्रु को हो भनेर । यदि मित्रको आवरणमा छिपेको सत्रुको पहिचान गर्न सकिए जीवनमा उठाएका कामहरू सफल हुने सम्भावना बढी हुन्छ । सोहीकारण चाणक्यले जीवनमा सफलता चाहनेहरूले यो कुराको ख्याल गर्नुपर्ने उल्लेख गरेका छन् ।
त्यस्तै यो स्थान कस्तो हो । अर्थात् अहिले तपाईं जहाँ काम गरिरहनुभएको छ त्यो स्थान, त्यो शहर, त्यो देश कस्तो हो ? त्यहाँको अवस्था कस्तो छ ? आफूसँग काम गर्नेहरूको स्वभाव कस्तो छ ? यो कुराको पनि जानकारी पाउनु आवश्यक हुन्छ । जीवनमा सफलता पाउनका लागि यो कुरा निकै महत्त्वपूर्ण छ । यसले असफल हुने सम्भावनालाई न्यूनीकरण गर्दछ ।
आचार्य चाणक्यका अनुसार समझदार व्यक्ति त्यही हो जो आफ्नो आयर र व्ययको जानकारी राख्छ । प्रत्येक व्यक्तिले आफ्नो आम्दानी र खर्चको हिसाव राख्नु र त्यसबारेमा जानकारी लिनु आवश्यक छ । आयभन्दा कम खर्च गरेमा मात्र धन सञ्चय हुन्छ र भविष्यमा त्यसको उपयोग गर्न सकिन्छ ।
हामीलाई हाम्रो बासस्थानको स्थान तथा आफ्नो वा आफूले काम गर्ने संस्थाको बारेमा जानकारी लिनु आवश्यक छ । यदि संस्थाको लाभ मिलेमा कर्मचारीलाई पनि लाभ पुग्छ । त्यसैले समझदार व्यक्तिले यो कुराको पनि जानकारी लिनु आवश्यक छ ।
त्यस्तै जिन्दगीमा सफलता चाहने व्यक्तिले यो कुराको जानकारी राख्नु आवश्यक छ कि म के-के गर्न सक्छु । मैले कुशलतापूर्वक कुन काम गर्न सक्छु ? सोहीअनुसारको काममा अग्रसर भएमा मात्रै सफलता मिल्न सक्छ । त्यसैले समझदार व्यक्तिले आफ्नो कुशलता र क्षमताअनुसारको काममा अग्रसर हुनु आवश्यक हुन्छ । त्यसो भए मात्रै जीवनमा सफलता पाउन सकिन्छ । यसभन्दा विपरीत अवस्थामा तपाईं असफल हुने सम्भावना पनि रहन्छ । त्यसैले यो कुरामा पनि ध्यान पुर्याउनु आवश्यक छ ।