माथि पुगेपछि आफ्ना सबै दोष बिर्सियो ।
के सम्झियो, क्रान्तिको सङ्खघोष बिर्सियो ।
चाखेपछि सजिलै नेभेटिने सत्ताको स्वाद,
जिम्मेवारी बिर्सियो, युवा जोश बिर्सियो ।
आँफैले करार गरेको आफ्नै बैरीसँग,
घाँटी जोडेर उभियो, आक्रोश बिर्सियो ।
मालअड्डामा बसेर राजश्व उठाउनेले,
आफ्नै खल्ती भर्यो, राज्यकोष बिर्सियो ।
रक्तिम झण्डा बिसायो, मुद्दा छोड्दै गयो,
भियतनाम, कम्बोडिया, लाओस बिर्सियो ।