जीवनमा संघर्ष गरेर विभिन्न क्षेत्रमा स्थापित भएका व्यक्तित्वहरुको संघर्ष, जीवनीलाई हामी उत्सुकतापूर्वक लिन्छौं ।
तिनै सफल व्यक्तिहरुले जीवन जगत सम्बन्धी थुप्रै मननीय भनाइहरु व्यक्त गरेका हुन्छन् जुन अनुकरणीय हुन्छन् । त्यस्ता भनाइले जीवन जतगप्रति तपाईंको दृष्टिकोण अझ फराकिलो बनाउन पनि सक्छन् ।
जसलाई हामी निम्न बमोजीम प्रस्तुत गरेका छौं ।
संघर्ष जती कठिन हुनेछ, सफलता उती नै सानदार हुनेछ । – थोमस पेन
हाम्रो मस्तिष्क नै सबैथोक हो, हामी जे सोच्छौ त्यही बन्छौ । – गौतम बुद्ध
प्राय सबै मानिसले आफूसँग कुनै शक्ति छैन भन्ने सोचेर आफूसँग भएको अनन्त शक्ति त्याग गर्ने गर्दछन । – एलिस वाल्कर
मेरो सफलताको एउटै कारण भन्नुपर्दा कुनै पनि बाहाना नबनाउनु हो । – फ्लोरेन्स नाइटिंगेल
कुनै पनि मानिस आफ्नो कर्मद्वारा महान हुन्छ, जन्मद्वारा होइन । - चाणक्य
म जिन्दगीमा पटक पटक असफल भए यसैले त आज म सर्वाधिक सफल हुन सके । - माइकल जोर्डन
जिवनको दुःखान्त यो होइन कि तपाईले लक्ष्य पूरा गर्न सक्नुभएन बरू यो हो कि तपाई सँग पूरा गर्नका लागि कुनै लक्ष्य नै थिएन । - बेन्जामिन मेस
म तिनीहरू प्रती आभारी छु जसले मलाई सहयोग गर्न अस्विकार गरे । यसैकारण आज म सबै आफैँले गर्न सक्षम भएको छु । – अल्बर्ट आइन्स्टाइन
जहिले पनि याद गर, सफल भएरै छोड्ने तिम्रो संकल्प नै सबैभन्दा महत्वपूर्ण कुरा हो । — अब्राहम लिंकन
तिमी आफू जो हो त्यो बन, किनकी बाँकी सबै प्रयोग भइसकेक छन् । - ओस्कार वाइल्ड
जब तिमी उज्यालोमा हुन्छौ, सबैले तिम्रो साथ दिन्छन् तर जब अन्धकारमा प्रवेश गर्छौ तब तिम्रै आफ्नै छाँयाले पनि साथ छोडिदिन्छ । - एडोल्फ हिटलर