नेपाल भेटेरीनेरी स्टुडेन्ट्स एसोसिएसनको NVSA HUNGER RELIEF PROGRAM द्वारा विगत एक हप्तादेखि विभिन्न पशुहरूलाई खाना र मानिसहरूलाई खाद्यान्न तथा राहत वितरण गर्दै आएको छ ।
एसोसिएसनले काठमाडौंका विभिन्न स्थानहरूमा रहेका पशु र विपन्न मानसका लागि खाद्यान्न तथा राहत वितरण गर्दै आएको हो ।
पशुपतिक्षेत्र, महालक्ष्मीस्थान, पाटन, स्वयम्भू, कलंकी, किर्तिपुर, चन्द्रागिरी, नयाँबसपार्क, सामाखुसी, टोखा, बुढानिलकण्ठ लगायत अन्य विभिन्न स्थानहरूमा रहेका विपन्न मानिसहरू र सडकका विभिन्न पशुहरूलाई खाना खुवाउने, खाद्यान्न तथा राहत वितरण कार्य संचालन भैरहेको एसोसिएसनले जनाएको छ ।
हालसम्म विभिन्न स्थानमा गरि ५०० घरलाई राहत प्याकेज साथै १००० व्यक्तिहरूलाई भोजन गराएको छ भने दैनिक ५००–१००० पशुहरूलाई खाना खुवाउँदै आएको एसोसिएसनले जनाएको छ ।
एसोसिएसनले सडकका घाइते पशुहरूलाई उपचार समेत गर्दै आएको छ । ५० वटा कुकुरहरूलाई सामान्य उपचार गरिरहेको र १०० ओटा कुकुरलाई रेडियम बेल्ट बाँधेको बताईएको छ ।
गौशलाको ’मठ–मन्दिर, गाईबाच्छा तथा समाज विकाश अभियान’मा गाईबस्तुका निम्ति आहाराका साथै औषधीहरु सहयोग गरेको एसोसिएसनको भनाइ छ ।