एचएमडी ग्लोबल, होम अफ नोकिया फोन्सले नवीनतम सी–सिरिज स्मार्टफोन, नोकिया सी २० को सार्वजनिक गरेको छ ।
नर्डिक डिजाइन र बिल्ड–क्वालिटीबाट निर्मित, अल–डे ब्याट्री लाइफ भएको एन्ड्रोइड११ (गो एडिसन) र सुरक्षा अपडेट भएको यसको मूल्य ११ हजार रुपैयाँ तोकिएको छ ।
स्यान्ड र डार्क ब्लु रंगमा नोकिया सी २, ३२ जीबीको कन्फिगुरेशनमा नेपाली १० हजार ९ सय ९९ रुपैयामा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
तीनवटा छुट्टै स्मार्टफोन सिरिज मध्ये एकको प्रतिनिधित्व गर्दै (एक्स–सिरिज, जी–सिरिज र सी–सिरिज) रहेको नोकिया सी २० ले स्मार्टफोन टेक्नोलोजीलाई अझ बढी सुलभ बनाउँने कम्पनीको भनाइ छ ।
यसको अल्ट्रा–हाई भ्यालु प्राइस प्वाइन्ट र स्टान्डर्डको रुपमा दुई वर्षको फ्रि सेक्युरिटी अप्डेटले उपभोक्तालाई पिस अफ माइन्ड प्रदान गर्छ ।
फोनको सार्वजनिक गर्दै प्यान एसिया एचएमडी ग्लोबलका महाप्रबन्धक रवि कुँवरले राम्रो ब्याट्री लाइफ, छिटो प्रदर्शन र एक्सेप्सनल डिजाइन फिलोसोफी प्रदान गर्ने भएकाले नोकिया फोनहरु ग्राहकमाझ अझै बढी आकर्षित भएको बताए ।
फिचरहरु
५ मेगापिक्सेलको फ्रन्ट र रियर क्यामेरा भएको यस मोबाइलले लो लाइटमा पनि गुणस्तरीय फोटोहरु खिच्न सकिन्छ ।
अगाडि र पछाडिको एलईडी फ्लासको मद्दतले बिहानदेखि बेलुकासम्म आफ्नो चित्रहरु र सेल्फीहरुलाई उज्यालो बनाउँदै क्याप्चर गर्न सकिन्छ ।
६.५ इन्चको एचडी+ स्क्रिनको साथ ३००० एमएएच ब्याट्रीको संयोजन रहेको छ ।
दुई वर्षका लागि सुरक्षा अपडेट र थप गरिएको सेक्युरिटी फिचर्सहरुको साथ फोन सुरक्षित रहने कम्पनीको भनाइ छ ।
यो गुणस्तरीय सामग्रीबाट निर्मित भएको र त्यसैले यो टेस्ट अफ टाइममा स्ट्यान्ड हुन्छ ।
बलियो पोली कार्बोनेटको बडी– स्यान्ड र डार्क ब्लु रंगहरूमा उपलब्ध छ ।