काठमाडौं । विज्ञान र प्रविधिले कुनै कालखण्डमा असम्भव मानिएका कुराहरूलाई सम्भव तुल्लाएको छ । तर, अझै पनि केही कुराहरू असम्भव जस्तै लाग्छन् ।
एउटा भनाइ नै छ नि- जबसम्म कुनै कार्य गरिँदैन तबसम्म उक्त कार्य असम्भव जस्तो लाग्छ । अनि अर्को भनाइ पनि उत्तिकै लोकप्रिय छ- असम्भव भन्ने कुरा शब्दकोशमा मात्र हुन्छ ।
तर, अझै पनि केही कुराहरू असम्भव जस्तै लाग्छन् । त्यसैमध्येको एक हो- कारखानामा सुन बनाउनु ।
यो बहुमूल्य धातु अहिलेसम्म हामीले जति प्रयोग गर्दै आएका छौँ त्यो प्राकृतिक रूपमा उपलब्ध हो । त्यसैको प्रशोधन गरेर सुन बनाइन्छ ।
के यो बहुमूल्य सुनलाई पनि कृत्रिम रूपमा बनाउन सम्भव छ ?
हालसम्म यो प्रश्नको उत्तर छ- सम्भव छैन । तर, अमेरिकी एक कम्पनीले दाबी गरेको छ कि उसले यो प्रश्नको जवाफ ‘सम्भव छ’ मा दिने प्रविधि फेला पारेको छ ।
अमेरिकाको एक स्टार्टअप म्याराथन फ्युजनले विश्वको विज्ञान प्रविधि क्षेत्रलाई नै आश्चर्यमा पार्ने गरी यस्तो दाबी गरेको छ ।
कम्पनीले दाबी गरेअनुसार उसले पारो अर्थात् मर्करीलाई सुन अर्थात् गोल्ड मा रुपान्तरण गर्ने उपाय फेला पारेको छ ।
म्याराथन फ्युजनले प्रस्ताव गरेको उपायमा भने फ्युजन रिएक्टरमा न्युट्रोन कणहरूबाट निस्कने रेडियोधर्मिता प्रयोग गरी पारोको एक रूपलाई अर्को रूपमा परिवर्तन गर्ने हो ।
अमेरिकी कम्पनी म्याराथन फ्युजनले उच्च ऊर्जाको न्युट्रोनले मर्करी आइसोटोपहरूलाई प्रहार गरेर मर्करीलाई सुनमा रुपान्तरण गर्ने विधि पत्ता लगाएको दाबी गरेको छ ।
म्याराथन फ्युजनले दाबी गरेको छ- पहिलेका प्रयासहरूभन्दा फरक, हाम्रो विधि ठूलो मात्रामा मापनयोग्य, व्यावहारिक रूपमा प्राप्त गर्न सकिने र आर्थिक रूपमा आकर्षक छ । यो नयाँ स्वर्णिम युगको सुरुवात हो ।
यहाँनेर बुझ्नुपर्ने कुरा के हो भने म्याराथन फ्युजनको यो दाबीलाई वैज्ञानिक जगतले स्वीकारिसकेको छैन । म्याराथन फ्युजनको यो दाबी अझै वैज्ञानिक समुदायबाट समीक्षा भएको छैन । अर्थात् Peer- reviewed भएको छैन ।
यो समाचारलाई टेलीग्राफ, साइन्स अलर्ट, द टाइम्स, फाइनान्सियल टाइम्स जस्ता सञ्चारमाध्यमहरूले स्थान दिएका छन् ।
हजारौँ वर्षदेखि साधारण धातुलाई सुनमा बदल्ने प्रयासहरू हुँदै आएका छन् । तर, हालसम्म यसमा सफलता मिलेको छैन । यद्यपि, विज्ञानले एक तत्त्वलाई अर्कोमा बदल्न सक्ने कुरालाई इन्कार गर्दैन । तर, सुन बन्ने कुरा भने वैज्ञानिक रूपमा स्वीकार भइसकेको छैन ।
०००
Note: विज्ञान प्रविधिको यो विषयमा सूचना प्रविधिको प्रयोगबाट उत्तर खोजी हेरौँ । यहाँ एआई (जिमिनी) लाई म्याराथन फ्युजनले दाबी गरेजस्तै सुन बनाउने दाबी यसअघि पनि गरिएको थियो ? भनेर प्रश्न गरिएको थियो ।
त्यसमा जिमिनीले दिएको जवाफ तल बक्स बनाएर राखिएको छ, जस्ताको तस्तै ।
हो, पक्कै पनि! मर्करी (पारा) बाट सुन बनाउने दाबी नयाँ होइन, यो हजारौं वर्ष पुरानो किमिया (Alchemy) को सपनासँग जोडिएको छ।
इतिहासमा यस्ता धेरै दाबीहरू भएका छन्:
- प्राचीन किमियाशास्त्रीहरू: प्राचीन इजिप्ट, ग्रीस, चीन र मध्यकालीन युरोपका किमियाशास्त्रीहरूले विभिन्न धातुहरू, विशेष गरी सिसा (Lead) र मर्करीलाई सुनमा रूपान्तरण गर्ने प्रयास गरेका थिए। उनीहरूले यसका लागि विभिन्न रसायन र विधिहरू प्रयोग गरे, तर विज्ञानको सही बुझाइ नभएकाले सफल हुन सकेनन्। उनीहरूको विश्वास अनुसार, 'दार्शनिकको ढुङ्गा' (Philosopher's Stone) नामक एक जादुई पदार्थले यो रूपान्तरण सम्भव बनाउन सक्छ।
- २० औं शताब्दीको प्रारम्भिक दाबी: सन् १९२४ मा, जर्मन वैज्ञानिक एडोल्फ मियेथे (Adolf Miethe) ले मर्करी भाप लैम्प प्रयोग गरेर मर्करीलाई सुनमा परिणत गरेको दाबी गरेका थिए। उनले थोरै मात्रामा सुन उत्पादन गरेको रिपोर्ट गरे, तर उनका नतिजाहरू लगातार दोहोर्याउन सकिएनन् र वैज्ञानिक समुदायले यसलाई पूर्ण रूपमा स्वीकार गरेन।
- आणविक भौतिकशास्त्रको आगमन: २० औं शताब्दीमा आणविक भौतिकशास्त्रको विकास भएपछि, वैज्ञानिकहरूले वास्तवमा एउटा तत्वलाई अर्कोमा परिवर्तन गर्न सम्भव छ भन्ने पत्ता लगाए। यो प्रक्रियालाई परमाणु रूपान्तरण (Nuclear Transmutation) भनिन्छ।
- सन् १९४० को दशकमा: हार्वर्डका वैज्ञानिकहरूले कण एक्सेलेटर (particle accelerator) प्रयोग गरेर मर्करी परमाणुहरूलाई लिथियम र ड्युटेरियम न्युक्लीले प्रहार गरी सुनमा परिणत गरेको रिपोर्ट गरे। यद्यपि, यसरी उत्पादित सुनको मात्रा एकदमै थोरै थियो र यो अत्यधिक खर्चिलो थियो। साथै, प्रायः उत्पादित सुन रेडियोधर्मी हुन्थ्यो, जसले यसलाई असुरक्षित बनाउँथ्यो।
- सर्न (CERN) मा हालैका घटनाहरू: हालसालै, सर्नको लार्ज हेड्रोन कोलाइडर (Large Hadron Collider) मा भएको प्रयोगमा सिसा (Lead) परमाणुहरू सुनमा परिवर्तन भएको अवलोकन गरिएको थियो। तर, यो पनि अत्यन्त दुर्लभ र सूक्ष्म मात्रामा हुने प्रक्रिया थियो, जसको व्यावसायिक मूल्य थिएन।
त्यसैले, म्याराथन फ्युजनको दाबी, जसले फ्युजन प्रविधि प्रयोग गरी ठूलो मात्रामा सुन उत्पादन गर्न सकिने बताएको छ, नयाँ प्रविधि र स्केल (मात्रा) को हिसाबले फरक भए पनि, मर्करीलाई सुनमा रूपान्तरण गर्ने आधारभूत विचार धेरै पहिलेदेखि नै रहेको छ। यो पछिल्लो दाबीको महत्त्वपूर्ण पक्ष भनेको यसले व्यावसायिक रूपमा सम्भावित मात्रामा सुन उत्पादन गर्न सकिने बताएको छ, जुन पहिलेका प्रयासहरूले गर्न सकेका थिएनन्। तर यसका लागि पनि थप अनुसन्धान र प्रमाणीकरण आवश्यक छ।
|