इजरायली प्रधानमन्त्रीबाट बेन्जामिन नेतन्याहूको विदाइ भएको छ । नेतन्याहु पछिल्लो १२ वर्षदेखि इजरायलको प्रधानमन्त्री थिए । तर, संसदमा बहुमत गुमाएपछि नेतन्याहूले सत्ता गुमाएका छन् ।
तर, नेतन्याहूले अन्तिम समयसम्म पनि आफ्नो प्रयासलाई उनले जारी राखेका थिए । संसदमा उनले पाएको मतले यसैको संकेत गरेका थिए ।
इजरायली संसदमा भएको मतदानमा नेतन्याहूले ५९ मत प्राप्त गरेका थिए भने नेफ्टाली बेनेटले ६० मत प्राप्त गरे ।
नेतन्याहू भलै सरकारमा हुने छैनन् । तर उनी इजराइली संसदमा प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा रहने छन् ।
इजरायलमा नयाँ गठबन्धनले सरकार गठन गरेको छ । र, विपक्षी गठबन्धनका नेफ्टाली बेनेटले इजरायली प्रधानमन्त्रीको सपथ लिएका छन् ।
नेतन्याहू इजरायलका हालसम्म सबैभन्दा लामो समयसम्म इजरायलको प्रधानमन्त्री बन्न सफल भए । उनी पाँच पटक इजरायलको प्रधानमन्त्री चुनिएका थिए ।
नेतन्याहू सन् १९९६ मा पहिलो पटक इजरायलको प्रधानमन्त्री बनेका थिए । त्यसबेला उनी सन् १९९९ सम्म इजरायलको प्रधानमन्त्री बने ।
पछिल्लो पटक सन् २००९ मा नेतन्याहू इजरायलको प्रधानमन्त्री बनेका थिए । त्यसयता उनी लगातार इजरायलको प्रधानमन्त्री रहेका थिए ।
तर, नेतन्याहूको लगातार १२ वर्षे शासनकाल अब अन्त्य भएको छ र नेफ्टाली बेनेट उनको उत्तराधिकारी बनेका छन् ।
नयाँ इजरायली प्रधानमन्त्री बेनेटलाई दक्षिणपन्थी राष्ट्रवादी नेताका रूपमा चिनिन्छ ।