एमालेकी नेतृ शान्ता चौधरीले माधव नेपालमा हेर्दाहेर्दै ठूलो विचलन देखा परेको टिप्पणी गरेकी छन् ।
चौधरीले नेता नेपाल प्रधानमन्त्री बनाइदिने कांग्रेसले देखाएको सपनामा फसेको टिप्पणी गरेका हुन् । ‘हेर्दाहेर्दै यति ठूलो बिचलन तपाईंमा देख्न पर्याे । फस्नुभयो कमरेड फस्नुभयो तपाईं । निस्कनै नसक्ने गरी कांग्रेसको जालमा पर्नुभयो ।’
चौधरीले निर्वाचनपछि माधव नेपाल आज सीपी मैनाली जहाँ छन् त्यहीँ पुग्ने दाबी गरेकी छन् । उनले आफ्नो स्टाटस स्क्रिनसट गरेर राख्न चुनौति पनि दिएकी छन् ।
पढ्नुस् चौधरीको स्टाटस ।
आदरणीय कमरेड माधव नेपाल
हार्दिक अभिवादन ।
नेकपा (एमाले ) को तपाईं आदरणीय नेता हुनुहुन्थ्यो, श्रद्धेय हुनुहुन्थ्यो ।
हेर्दा हेर्दै यति ठुलो बिचलन तपाईंमा देख्न पर्यो । फँस्नु भयो कमरेड फँस्नु भयो तपाईं । निस्क्नै नसक्ने गरि कांग्रेसको जालमा पर्नु भयो ।
शेरबहादुरलाई प्रधानमन्त्री बनाउने, त्यसपछि पार्टी बिभाजन गर्न सजिलो पर्ने गरि शेरबहादुरले अध्यादेश ल्याइदिने, अनि तपाईंले पार्टी विभाजन गरिदिने, चुनावी सरकारको नेतृत्व तपाईंले गर्ने, आगामी निर्वाचनमा तपाईंलाई कांग्रेसले जिताईदिने, चुनावी गठबन्धन गर्ने, कांग्रेसले तपाईंलाई एमाले भन्दा ठुलो पार्टी बनाई दिने, वा कमरेड वा तपाईं सपना !!
यो स्ट्याटस सुरक्षीत होस, साथीहरु स्क्रिनसट गरेर राख्नुहोस, पछि मलाई देखाउनु होस, म चुनौती दिन्छु । निर्वाचनपछि तपाईं त्यहीँ पुग्नुहुन्छ जहाँ आज सिपी मैनाली छन् ।
कांग्रेसलाई आफैंभित्र सकस हुनेछ, आफ्नै पार्टीभित्रको गुटकालागि टिकट को भागबन्डा मिलाएर बितरण गर्न उसलाई आफैलाई सकस हुनेछ ।
तपाईंको पार्टीलाइ कांग्रेसले भाग छुट्याई दिने, प्रचण्डलाई छुट्याईदिने, बाबुराम उपेन्द्रलाइ छुट्याएर दिने अनि कांग्रेसका मतदाताले तपाईंहरुलाई भोट दिएर जिताई दिने, वा कमरेड वा तपाईंको दिवा सपना । राष्ट्रियसभाको उपनिर्बाचन जस्तै ठान्नु भयो की क्याहो कमरेडले । कमरेडको राजनीति हेर्दाहेर्दै कांग्रेसको शरणमा .. भो कमरेड भो, पतनको बाटो नजानुहोस ।