काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसँगै काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ भएको छ ।
कारोना भइरसको संक्रमण बढेसँगै उपत्यकाका तीनै जिल्लामा सटडाउन गरिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले यसअघि गरिएको सटडाउन एक हप्ताका लागि थप्ने निर्णय गरेका छन् ।
यससँगै काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गरिएको हो ।
उपत्यकाभित्र पनि अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मुख्य सडकका चोकचोकमा प्रहरीले चेकजाँचलाई कडाइ गरेको छ ।
अत्यावश्यक सेवाका सवारी(साधन भने परिचयपत्रका आधारमा सञ्चालनमा आउन पाएका छन् ।
उपत्यका भित्रने नाकाहरुबाट खाद्यान्न, फलफूल, औषधि, तरकारी, दुग्ध र मासुजन्य सामग्री बोकेका सवारी(साधनलाई सहजै प्रवेश गर्न दिइएको छ ।
त्यसबाहेक एम्बुलेन्स, निर्माणजन्य सामग्री बोेकेका सवारी(साधनहरु पनि सोधपुछ गरी प्रवेश गर्न दिइएको छ ।
त्यस्तै, अत्यावश्यक कामका लागि आउनेहरुलाई पनि सोधपुछ गरी सम्पर्क विवरण टिपेर प्रवेश गर्न दिएको छ । उपत्यकाबाहिर जाने सवारी(साधन भने खासै देखिएका छैनन् ।
यस्तै, भक्तपुरतर्फको साँगा नाकामा पनि प्रहरीले कडाइ गरेको छ । उपत्यका प्रवेश गर्ने सवारी(साधन कम मात्रामा देखिन्छन् ।