शाओमी, ग्लोबल टेक्नोलोजी लीडरले रेडमी १० प्राइमको साथमा रेडमी इयरबड्स ३ प्रो नेपालमा लन्च गरेको छ ।
अपेक्षा गरेको भन्दा बढी प्रदर्शन प्रदान गर्ने रेडमी १० प्राइम मिडियाटेक हेलियो जी ८८ चिपसेटको साथ बजारमा भित्रिएको छ ।
पातलो डिजाइनको साथमा यो शक्तिशाली ६००० एमएएचको दुई दिने ब्याट्रीको साथ उपलब्ध छ । यो उपकरण मेमोरी एक्सटेन्सन सुविधाको साथ उपलब्ध छ ।
लन्चको बारेमा टिप्पणी गर्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, 'रेडमी १० प्राइमको लन्चसँगै, हामीले अल–राउन्ड सुपरस्टार ल्याइ रहेका छौँ जसले प्रयोगकर्ताहरुको लागि क्यामेरामा ल्याइएको सुधार, उच्च रिजोलुशन डिस्प्ले, उच्च प्रदर्शन, र पावर प्याक ब्याट्री लाइफ सुधारका साथ रेडमी नोट १० सिरिज र रेडमी सिरिजलाई साथ ल्याउन गर्न मद्दत गर्दछ ।'
रेडमी १० प्राइम
रेडमी १० प्राइमले ५० मेगापिक्सेल अल्ट्रा हाई रिजोलुसनको मेन क्यामेरालाई प्रस्तुत गर्दछ । ८ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा, २ मेगापिक्सेलको म्याक्रो क्यामेरा र २ मेगापिक्सेलको डेप्थ सेन्सरको साथ रेडमी १० प्राइमले प्रयोगकर्ताहरुलाई सबै पल कैद गर्नको लागि स्वतन्त्रता प्रदान गर्दछ ।
रेडमी १० प्राइममा ६.५ इन्चको फुल एचडी+ डिस्प्ले रहेको छ ।
मूल्यः
रेडमी १० प्राइम दुईवटा भेरियन्टमा उपलब्ध हुनेछ– ४जीबी + ६४जीबी (१जीबीले बिढाउन सकिने र्याम) २०,९९९ मा र ६ जीबी+१२८ जीबी र्याम (२ जीबीले बढाउन सकिने र्याम) २३,९९९ मा उपलब्ध हुनेछ ।