लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०७८/७९ को बजेट आज प्रदेशसभामा प्रस्तुत गरिने भएको छ । आज बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठले आज बजेट ल्याउने निर्णय गरेको ।
मन्त्रिपरिषद्ले यसअघि शंकर पोखरेल नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको बजेट प्रतिस्थापन गर्दै नयाँ बजेट ल्याउने निर्णय गरेको हो । सोहीबमोजिम लुम्बिनीमा नयाँ बजेट ल्याइन लागेको हो ।
त्यस्तै अघिल्लो सरकारले ल्याएको बजेटसम्बन्धी अध्यादेश खारेजीका लागि सदनमा प्रस्ताव लैजाने निर्णय पनि गरेको छ ।