काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १२० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा १ हजार १२० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ४१ हजार ५२९ पुगेको छ । सक्रिय संक्रमितको संख्या १८ हजार १०८ जना छन् ।
साथै होम आइसोलेशनमा ७ हजार ६१५ जना छन् । साथै १० हजार ४९३ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार १ सय १२ जना कोरोनाले कोरोना जितेका छन् । यससँगै डिस्चार्ज हुनेको संख्या २२ हजार २९० पुगेको छ ।
त्यसै गरी पछिल्लो २४ घण्टामा कारोना भाइरसका कारण १२ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना भाइरसका कारण ज्याउन गुमाउनेको संख्या २५१ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार चितवनमा २ जना, काठमाडौंमा १ जना, ललितपुर, कपिलबस्तु र तनहुँमा १÷१ जना गरी ६ जना महिलाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार बारा, चितवन, भक्तपुर र धादिङका १÷१ जना र काठमाडौं २ जना गरी ६ पुरुषको पनि कोरोना भाइरसका कारण ज्यान गएको छ ।