सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले शिक्षकको माग गर्दै आवेदन खुलाएको छ । गाउँपालिकाले योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।
मिति २०७८/०९/११ गते प्रकाशित सूचनामा सूचना प्रकाशित भएको मितिले ७ दिनको कार्यालय समय सीमाभित्र रितपूर्वक दरखास्त आह्वान गरिएको जनाइएको छ । गाउँपालिकाले मावि (९-१०) र आ.वि.(१-५) तहका लागि शिक्षकको आवेदन आह्वान गरेको हो ।
गाउँपालिकाले मावि (९-१०) तहमा विज्ञान विषयको एक जना शिक्षक माग गरेको छ । यो तहमा आवेदन दिनका लागि मूल विषय विज्ञान लिई सुनातक वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने जनाइएको छ । यो तहमा दरखास्त दिनका लागि १ हजार रूपैयाँ दस्तुर तोकिएको छ ।
त्यस्तै शिक्षक/आ.वि. (१-५) तहका लागि माध्यमिक शिक्षा उत्तीर्ण वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने जनाइएको छ । यो तहका लागि गाउँपालिकाले तीन जना शीक्षक माग गरेको छ । यो तहको दरखास्त दस्तुर ५ सय रूपैयाँ तोकिएको छ ।
लिखित, मौखिक र प्रयोगात्मक विधिबाट परीक्षा हुने गाउँपालिकाले जनाएको छ । दरखास्त दिनेहरूंको उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने जनाइएको छ ।
तलब स्केल नेपाल सरकारको नियमानुसार हुने गाउँपालिकाले जनाएको छ ।
त्यस्तै दरखास्तका साथ शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपिहरू, अध्यापन अनुमतिपत्रको प्रमाणित प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र पासपोर्ट साइजको दुई प्रति फोटो पनि पेस गर्नुपर्ने सूचनामा जनाइएको छ ।
दरखास्त मिति २०७८/०९/१७ गते कार्यालय समयभित्र पेस गरिसक्नुपर्ने गाउँपालिकाले जनाएको छ । परीक्षा मिति सम्पर्क मितिमा तोकिने तथा गाउँपालिकाकद्य शिक्षा, युवा तथा खेलकुद शाखाबाट आवेदन फारम प्राप्त गर्न सकिने गाउँपालिकाले जनाएको छ ।
हेर्नुस् सूचना ।