न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा अर्डनले कोरोना भाइरससँग सम्बन्धित प्रतिबन्धलाई अझ कडाइ गरेकी छन् । जारी प्रतिबन्धहरूलाई कडाइ गर्दै प्रधानमन्त्री अर्डनले आफ्नो विवाह नै स्थगित गरेकी छन् ।
जनवरी २३ अर्थात् आइतबार जेसिन्डाको विवाह हुने कार्यतालिका थियो । तर, कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र रूपमा फैलिएको भन्दै उनले आफ्नो विवाह स्थगित गरी कोरोनाबाट सावधान रहन प्रेरित गरेकी छन् ।
कोरोना भाइरससँग सम्बन्धित प्रतिबन्धलाई कडा बनाइएको घोषणा गर्दै प्रधानमन्त्री जेसिन्डाले भने कि छन् कि- तत्कालका लागि मैले विवाह स्थगित गरिदिएकी छु ।
न्युजिल्यान्डमा लगाइएको नयाँ प्रतिबन्धमा विवाह जस्ता समारोहमा कोरोनाविरुद्धको खोप लगाएकाहरूलाई मात्र सहभागी हुने अनुमति रहन्छ ।
प्रधानमन्त्री जेसिन्डाले भनेकी छन्- म पनि न्युजिल्यान्डका आम जनता जस्तै हुँ, जसलाई महामारीपछि यस्तो अनुभव भइरहेको छ कि जो यो परिदृष्यमा फसेको छ । यसमा मलाई खेद छ ।
न्युजिल्यान्डमा भएको एक विवाह समारोहपछि ओमिक्रोनको ९ मामिला पुष्टि भएको थियो । जसका कारण मानिहरूमा त्रास फैलिएको थियो । जसका कारण समुदायमा संक्रमण फैलने भय बढेको थियो । त्यसपछि वैवाहिक समारोहमा सहभागी भएका अरु दुई जनामा पनि कोरोना संक्रमण पुष्टि भएपछि न्युजिल्यान्डमा प्रतिबन्ध लगाउने घोषणा गरिएको थियो । सोही कारण जेसिन्डाले आफ्नो विवाह रद्ध गरेकी हुन् ।
कोसँग हुँदै थियो विवाह ?
प्रधानमन्त्री जेसिन्डा अर्डनले क्लार्क गेफार्डसँग विवाह गर्ने तयारी गरेकी थिइन् । क्लार्क र जेसिन्डा लामो समयदेखि सासाथै रहँदै आएका थिए । उनीहरूले कोरोनाका कारण विवाह रद्द गरे पनि विवाहको नयाँ मिति भने घोषणा गरेका छैनन ।
जेसिन्डा सन् २०१७ मा विश्वको सबैभन्दा कान्छी प्रधानमन्त्री बनेपछि विश्वचर्चित भएकी थिइन् । पछिल्लो वर्ष उनले सत्तामा फेरि पकड जमाइन् । आफ्नो लेबर पार्टीलाई उनले न्युजिल्यान्डको इतिहासमा आधा शताब्दीमा सबैभन्दा ठूलो जित दिलाएकी थिइन् ।